धमाधम पक्राउ पर्दै फरार अभियुक्त



न्युज अफ नेपाल, हेटौंडा ।

महानगरीय प्रहरी परिसर, टेकु काठमाडौंमा बैंकिङ कसुर मुद्धाका फरार अभियुक्त हेटौंडा–२ बस्ने वर्ष ३७ का सभितचन्द्र राजभण्डारीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार हेटौंडा–४ स्थित मेनरोडबाट उनलाई पक्राउ गरी आबश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर, टेकु काठमाडौं पठाइएको छ ।

जिल्ला अदालत बागलुङको फैसलाले सरकारी कागज/छाप र दस्तखत कीर्ते मुद्धामा ११ महिना १४ दिन कैद र ५० रुपियाँ जरिवाना भुक्तान गर्न बाँकी फरार प्रतिवादी हेटौंडा–४ बस्ने वर्ष ३५ का दीपेश खड्का पनि पक्राउ परेका छन् । उनलाई शनिबार पक्राउ गरी कैद तथा जरिवाना भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएर कारागार कार्यालय भीमफेदी पठाइएको छ ।

जिल्ला अदालत मकवानपुरको फैसलाले सवारी ज्यान मुद्धामा २० दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी मकवानपुरको भीमफेदी गापा–२ बस्ने वर्ष ३६ का रामशरण बललाई आइतबार पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएर कारागार कार्यालय भीमफेदी पठाइएको छ ।

कर्तव्यज्यान मुद्धामा १८ दिन कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी भीमफेदी गापा वडा–२ बस्ने वर्ष ६० का कुमार गोलेलाई शनिबार पक्राउ गरी कैद भुक्तानका लागि जिल्ला अदालत मकवानपुरमा उपस्थित गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्