महेन्द्र शान्तिमाविमा बाल स्वास्थ्य क्लव गठन



न्युज अफ नेपाल, काठमाडौ ।

सुर्यविनायकनगर क्षेत्रकै उत्कृष्ट सामुदायीकविद्यालय महेन्द्र शान्तिमावि बालकोटका विद्यार्थीहरुको स्वास्थ्य सचेतना

तथा सुदृढीकरणका लागि सो विद्यालयमा वाल स्वास्थ्यक्लव गठन गरिएको छ । विपि नेत्र प्रतिष्ठान अन्तर्गत वालआँखा, नाक,कान, घाँटी अस्पताल तथा पुर्नस्थापना केन्द्र भक्तपुरको समन्वयमा सो वाल स्वास्थ्यक्लव गठन गरिएको विद्यालयका प्रधानाध्यापक गोपाल विक्रम थापाले बताउनुभयो ।

नवगठित १५ सदस्यीय वालक्लवको अध्यक्षम विशाल शर्मा, उपाध्यक्षमा सुस्मा श्रेष्ठ, सचिवमा रमिन चौलागाई, कोषाध्यक्षमा जीवन वर्मा रहेका छन भने सदस्यहरुमा सुदिन वर्मा, सुरिप खड्का,अरुण मण्डल, अनिता साह, दिपा हुमागाई, आकृति तिमल्सिना, सुरज कुमार ठाकुर, रविन नेपाल, वितिशा तामांग, समता सापकोटा र चेतमान पुन मगर रहेका छन् ।

विपि नेत्र प्रतिष्ठानका प्रतिनिधि राम केसीका साथै विद्यालयका प्रधानाध्यापक गोपालविक्रम थापा र शिक्षिका सरस्वती थापाको उपस्थितिमा सो क्लव गठन गरिएको थियो ।

वाल स्वास्थ्यक्लव गठन पश्चात विद्यालयका विद्यार्थीहरुको रक्तचाप, तौल, उचाई र दृष्टि जाँचगरिएको थियो । धेरै मोवाइलचलाउने कारण पछिल्लो समयमा विद्यार्थीहरुमा दृष्टिको समस्याको साथै वजारको तयारी खानाका कारण घाँटीसम्वन्धी रोग बढीरहेको सन्दर्भमा विद्यालयमा गठन गरिएको वाल स्वास्थ्य क्लवले विद्यार्थीहरुमा ती रोगका साथै अन्य रोगबारे सचेत गराउन मद्धत गर्न बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्