बेली डान्सलाई हेर्ने नजर किन नेगेटिभ ! : बिनु शाक्य



आकर्षक र रोमाञ्चक बेली डान्सको कुरा गर्ने वित्तिकै सिन्धुपाल्चोककी बिनु शाक्यको नाम अगाडि आउँछ। आफ्नो सानैदेखिको रुचिको क्षेत्र नृत्यलाई पछ्याउँदै १० वर्षअघि सिन्धुपाल्चोकबाट काठमाडौं हानिएकी बिनु प्रायः सबै खालका नृत्यमा पोख्त भए पनि बेली डान्समार्फत नृत्यको क्षेत्रमा आफ्नो फरक पहिचान बनाउन सफल छिन्। सुन्दरताले भरिएकी यी बेली डान्सर आफ्नो यही कला प्रस्तुत गर्न देशदेखि विदेशसम्म पुगेकी छिन्। उनको बेली डान्स हेरेपछि सामान्य दर्शकदेखि नाम चलेका सेलिब्रेटीसम्म पनि वाउ भन्दै उनीकहाँ पुग्छन् र उनको प्रशंसा नगरी बस्न सक्दैनन्। उनै बिनुसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छः

  • रश्मी थापा

हाल के गर्दै हुनुहुन्छ ?

हालै मात्र वीरगन्जको एउटा कार्यक्रममा पर्फमेन्स गरें। कोरोनाका कारण लामो समयदेखि दर्शकमाझ प्रस्तुति दिन पाइरहेको थिइनँ। लामो समयपछि दर्शकमाझ पुग्दा रिफ्रेस्ड भएँ। अब विस्तारै कार्यक्रम हुँदै छन्।

भ्यालेन्टाइन डेसम्मका लागि २/३ ओटा कार्यक्रमको अफर अँएको छ। लामो समयसम्म कार्यक्रम नहुँदा दर्शक तथा आयोजकहरुले बिर्सिसक्नुभयो कि जस्तो लागेको थियो।

तर, कार्यक्रमका लागि फोनहरु आइरहँदा खुसी लागेको छ। लकडाउनपछि कपडाको अनलाइन बिजनेस शुरु गरेको थिएँ। त्यसलाई पनि सम्हालिरहेको छु।

डान्सलाई कसरी करियर बनाउनुभयो ?

डान्समा रुचि भएकै कारण यहासम्म आएकी हुँ डान्स गर्न थालेको २० वर्षभन्दा बढी नै भइसक्यो। ६ वर्षको उमेरदेखि डान्स शुरु गरेको हुँ। घरमा मेरो माइ“ली दिदी तथा ठूलो दिदी पनि डान्समा रुचि राख्नुहुन्थ्यो।

म पनि उहाँहरुको साथमा स्कुलमा डान्स गर्थें। पहिलोचोटी डान्सका लागि तयार हु“दा आफ्नो नाम अनाउन्स भएपछि रुन थालेछु। त्यो दिन डान्स नै गरिनँ। पछि, स्कुल तथा अन्य ठाउँमा पनि डान्समा भाग लिएँ।

यस क्रममा डान्स प्रतियोगिताहरुमा खाली हात कहिल्यै पनि फर्किंदैन थिएँ। १० वर्षअघि डान्स क्षेत्रमै केही गर्छु भनेर काठमाडौं अाएकी हुँ। यही सिलसिलामा आफ्नो रुचिको क्षेत्रलाई अगाडि बढाइरहेकी छु। त्यसमा पनि बेली डान्सलाई फोकस गरेर अगाडि बढिरहेकी छु।

बेली डान्स भनेको के हो ?

बेली डान्स यही नै हो भन्ने परिभाषा मसँग छैन। किनभने म पनि प्रोफेसनल तरिकाले सिकेर आएको मान्छे होइन। युट्युबमा हेरेर सिकेर आएको हुँ। थेउरिटिकल्ली भन्दा पनि प्राक्टिकल्ली मैले बेली डान्स गरेको हो।

बेली डान्समा चाहिँ बेली मुभमेन्ट बढी हुन्छ। यसलाई अलि सेन्सियल डान्स फर्म पनि भनिन्छ। तर, सेन्सियलभन्दा पनि डान्सलाई कसरी प्रस्तुत गरिन्छ, त्यसमा भर पर्छ जस्तो लाग्छ। वास्तवमा विभिन्न किसिमका डान्स गरियो। सबै प्रकारका डान्स गर्दा मानिसहरुले नोटिस नगरेको र आफूले केही नयाँ काम गर्न नसकेको जस्तो लाग्यो। मलाई कथ्थक र बेली डान्स फर्म निकै मन पर्थ्यो।

यीमध्ये एउटा डान्स फर्मलाई फलो गर्छु भनेर बेली डान्सलाई फलो गरेकी हुँ। साकिराको बेली डान्स देखेपछि मलाई पनि बेली डान्समा रुचि भयो। त्यसपछि युट्युबमा हेरेर सिक्दै गएँ।

अहिले त बेली डान्स गर्ने अरू पनि छन्। तर, ३/४ वर्ष अघिसम्म बेली डान्स गर्ने डान्सर खासै थिएनन्। त्यसैले त्यो बेला मानिसहरुलाई बेली डान्स नयाँ लाग्न सक्छ र मन पराउँछन् भन्ने लाग्यो र निरन्तरता दिँदै आएको छु। अहिले राम्रै भइरहेको छ।

नेपालमा बेली डान्सको क्रेज कस्तो छ ?

अहिले त एकदमै राम्रो छ। तर, शुरुमा बेली डान्सलाई त्यति राम्रो नजरले नहेर्ने पनि थिए। हुन त अहिले पनि बेली डान्सलाई नेगेटिभ नजरले हेर्नेहरु छन्।

बेली डान्सलाई हेर्ने नजर किन नेटेटिभ ? तर पहिलेको तुलनामा अहिले क्रेज निकै बढेको छ। मानिसहरुले बेली डान्स पनि डान्सको एउटा राम्रँे फर्म हो भन्ने बुभ्mन थालेका छन्।

बेली डन्स मात्र कि अरू डान्स पनि गर्नुहुन्छ ?

अरू डान्स पनि गर्छु। बेली डान्स गर्न थालेको त ४ वर्ष जति भयो। अन्य डान्समा आइटम डान्स, कल्चरल, सेमी क्लासिल डान्स पनि गर्छु। वेस्टर्न फर्ममा चाहिँ अलि विक नै छु।

बेली डान्स गर्दा ग्ल्यामरस पहिरन नै लगाउनुपर्ने हो ?

त्यो हेर्ने नजरमा भरपर्छ जस्तो लाग्छ। पहिरनले ग्ल्यामर देखिने भन्दा पनि एउटा डान्सरको बडी ल्याङ्वेजमा ग्ल्यामर झल्किन्छ जस्तो लाग्छ। फरिया चोली जस्तो पूरा शरीर ढाक्ने कपडा लगाएर पनि ग्ल्यामर देखिन सकिन्छ।

अरू डान्सभन्दा बेली डान्समा अलि ओपन टाइपको कपडा हुन्छ नै। कस्तो कपडा लगाउने भन्ने चाहि“ डान्सरमा डिपेन्ड हुने कुरा हो।

तपाईंको बेली डान्सप्रति आफन्त परिवार र साथीसंगीको प्रतिक्रिया कस्तो छ ?

सबैको प्रतिक्रिया राम्राे छ। परिवारको सपोर्ट भएका कारण नै यहाँसम्म आइपुगेकी छु। तर, अचम्म लाग्छ ममीबुबा पुरानै जमानाको मान्छे भएर पनि मेरो डान्स फर्मलाई बुझेर सपोर्ट गरिरहनुभएको छ।

परिवारको मप्रति सोच्ने तरिका र विश्वास देखेर आफूलाई भाग्यमानी महसुस गर्छु। बा“की त कसले के भन्छ मलाई मतलब लाग्दैन। तर, अहिलेसम्म डाइरेक्टली कसैले मलाई नराम्रो भन्ने आँट गरेको छैन। बेली डान्स गरे पनि मर्यादाभित्र रहेर तथा अडियन्स हेरेर आफूलाई कसरी प्रिजेन्ट गर्ने भन्ने सोचेर नै डान्स गरीरहेको छु।

तपाईंको डान्स प्रेमीले पनि मन पराउनुहुन्छ होइन ?

हा…हा…हा… (अकमकाउँदै) मेरो प्रेमी नै छैन, त्यसैले केही भन्ने कुरा नै भएन।

विवाहका बारेमा के सोच्नुभएको छ?

आफ्नो करिअरप्रति फोकस भएर पनि होला मलाई कहिल्यै पनि विवाह गर्नुपर्छ भन्ने सोच नै आएन। म घरकी कान्छी छोरी हुँ। दिदीहरुको विवाह भइसक्यो, एउटा भाइ छ। म कान्छी छोरी भए पनि परिवारप्रतिको जिम्मेवारी छ।

परिवारप्रतिको जिम्मेवारी तथा करिअरलाई फोकस गरौं भन्ने सोचले गर्दा विवाह गर्नुपर्छ भन्ने सोच कहिल्यै आएन र परिवारबाट पनि तिमी छोरी मान्छे हो विवाह गर्नुपर्छ, घर परिवार सम्हालेर बुहारी भएर बस्नुपर्छ भन्ने फोर्स छैन। त्यस कारण विवाहबारे माइन्ड मेकअप गरेको छैन। तर, दुई तीन वर्षमा चाहिँ होला कि?

जब पनि गर्नु हुन्थ्यो। जब हुँदा समय मिलाउन कतिको गाह्रो भयो ?

अहिले त जब छोडी सकें। काठमाडौं आइसकेपछि करिअरलाई अघि बढाउँदै ४/५ ठाउँमा जब गरें। पछिल्लोपटक एक मल्टिनेसनल कम्पनीमा जब गरिरहेको थिएँ। त्यहाँ शनिबार र आइतबार दुई दिन बिदा हुन्थ्यो।

सुटिङ र कार्यक्रम त्यो दुई दिनमा प-यो भने मात्र गर्न पाउँथे, नत्र छोडिदिनुपथ्यो। जब गर्दा न त राम्रोसँग जब गर्न सकिने, न त आफ्नो प्यासनलाई राम्रोसँग अगाडि बढाउन सक्ने स्थिति थियो। जुन कुराले मलाई छटपटी हुन्थ्यो।

एउटा मान्छे दुईटा डुंगामा खुट्टा राखेको जस्तो स्थिति थियो। मलाई जब छोडेर बेली डान्सलाई अगाडि बढाएर पनि सर्भाइब हुन सक्छु भन्ने विश्वास थियो र रिस्क लिएर जब छोडेर बेली डान्सलाई प्राथमिकतामा राख्न थालें। लकडाउनअघि धेरै राम्रो थियो। बीचमा केही महिना ग्याप भए पनि फेरि कार्यक्रमहरु हुन थालेका छन्। राम्रो होला भन्ने आशा गरौं।

त्यत्रो मल्टिनेसनल कम्पनीमाको जब छोडेर डान्समा रमाइरहनुभएको छ ?

मैले जब छोडेर पछु्तो मान्नुपरेको छैन। सोचेर नै जब छोडेकी हुँ। एक समय यस्तो थियो, जुन बेला मैले कलाकारिताको क्षेत्रमा अवसरहरु पाउँदै गइरहेको थिएँ। तर, पाएका अवसरहरु जबकै कारण रिजेक्ट गर्नुपर्ने थियो।

यदि मैले कलाकारितामा आफूलाई अघि बढाउने हो भने जब छोड्नुपर्छ भन्ने सोचें र छोडें। जब गर्दा भन्दा स्टेजमा डान्स गर्दा बढी खुसी मिल्छ। किनभने जब गर्नु बाध्यता थियो भने डान्स मेरो रुचिको क्षेत्र हो।

जब गर्दा एक महिनासम्म कुरेर स्यालरी लिइन्थ्यो। एक महिनासम्म कुरेर लिएको तलब भन्दा दुई/तीन वटा स्टेज कार्यक्रममा ५/१० मिनेट डान्स गर्दाको कमाइ बढी हुन्छ।

कति हुन्छ कमाइ ?

लकडाउनअघि एक समय यस्तो पनि थियो कि एउटा ठाउँको कार्यक्रम सकेर एयरपोर्ट झर्नसाथ घर नगई अर्को कार्यक्रममा हिँड्नुपर्थ्यो।

त्यो बेला कमाइ पनि राम्रो थियो। अहिले फेरि कार्यक्रमहरु हुन थालेका छन्। कमाइ पनि प्रोग्रामअनुसार राम्रै हुन्छ।

म्युजिक भिडियोहरु पनि खेल्नुहुन्छ। स्टेज डान्स र म्युजिक भिडियोमा अभिनय गर्दा कुन सजिलो? कमाइ कुनबाट बढी हुन्छ ?

मेरो ब्याग्राउन्ड नै डान्स भएका कारणले होला मलाई अभिनय भन्दा पनि डान्स नै गर्दा सजिलो लाग्छ, आत्मसन्तुष्टि मिल्छ।

त्यस्तै आफ्नो ब्याकग्राउन्ड डान्स भएका कारण म्युजिक भिडियोमा भन्दा स्टेज पर्फमेन्समा बढी नै डिमान्ड गर्छु।

यति राम्री हुनुहुन्छ, फिल्म खेल्ने सोच पनि छ कि ?

फिल्म खेल्ने सोच होइन, सम्भावना छ। फिल्ममा अफर आएको पनि थियो। तर, फिल्म खेलेपछि राम्रै ब्यानर निर्देशक तथा अपोजिटम रहने कलाकार भए मात्र गर्छु भन्ने सोचेर काम गरिनँ।

मेरो सोच गलत हुन पनि सक्छ। अहिले चाहिँ जस्तो भए पनि एक्सपिरियन्सका लागि पनि अफर अँएको फिल्म गरेको भए हुन्थ्यो कि जस्तो लाग्छ।

बेली डान्सलाई लिएर विशेष सपना छ कि ?

म कसैसँग सिकेर बेली डान्समा आएको होइन, युट्यबमा हेरेर आफैं सिकेकी हुँ। नेपालमा राम्रोसँग बेली डान्स सिक्ने ठाउँ छ जस्तो मलाई लाग्दैन। भएको भए म आफैं पनि सिकेर आउँथें।

त्यसैले मलाई एकचोटी इन्डिया गएर बेली डान्सको ट्रेनिङ लिएर बेली डान्सबारे बुझी बेली डान्स सिकाउने राम्रो स्कुल सञ्चालन गर्ने सपना छ। ताकि मजस्तै रहर भएकाहरुले नेपालमा नै बेली डान्स सिक्न पाउन्। हेरौं सपना पूरा हुन्छ कि हुँदैन।

कोरोनाका कारण करिअरमा कत्तिको असर परेको छ ?

निकै असर पारेको छ नि। लकडाउन हुुनुअघि निकै व्यस्त थिएँ। त्यो बेला बिनु शाक्य भनेर एउटा हाइटमा पुग्न लागिसकेको थिएँ। पैसा कमाउने कुरा अर्को ठाउ“मा छ। पैसा भनेको कमाइएला नकमाइएला।

तर, मेरो नाम जुन स्थानमा पुग्न सक्ने सम्भावना थियो, त्योचाहिँ कारोनाले रोकिदियो। कार्यक्रमहरु बन्द भएपछि घरमै बसिरहँदा बोर फिल हुन्थ्यो। डान्स गरिरहने मान्छेलाई घरमै यत्तिकै बसिरहँदा गाह्रो हुन्थ्यो।

लगभग डिप्रेसनमै पुगौंला जस्तो भइसकेको थिएँ। तर, मैले त्यो समय दर्शकस“ग जोडिनका लागि टिकटकलाई माध्यम बनाए। डान्स भनेको मेरा लागि नशा जस्तै हो। घरमै डान्स गरेर भिडियो बनाएर पोस्ट गरें टिकटकमा।

निकै राम्रो रेस्पोन्स आउन थाल्यो। लाइक पनि धेरै आउन थाल्यो एउटै भिडियोको ४/५ मिलियन भ्युज तथा २ लाखभन्दा बढी लाइक आउने भयो। त्यसैबीच अनलाइन बिजनेस पनि शुरु गरें, जुन अहिले राम्रो भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्