देउरालीको वार्षिकोत्सव सम्पन्न



नेपाल समाचारपत्र, काठमाडौ ।

औषधि उत्पादक कम्पनी देउराली जनता फर्मास्यूटीकल्स प्रा.लि.ले ३०औं बार्षिकोत्सव मनाएको छ ।
बिभिन्न राजनीतिक आन्दोलन, परिवर्तन एबं प्राकृतिक प्रकोपलगायतका कठिन परिस्थिति भोग्दै हाल संसारभर देखा परेको कोभिड–१९ को महामारीमा कत्ति पनि विचलित नभई मुलुकमा आईपरेका अनेकौ बिषम परिस्थितिहरु पार गर्दै तीन दशकको यात्रा तय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

औषधि उत्पादनको क्षेत्रमा अन्र्तराष्ट्रिय प्रबिधि आयात गर्ने पहिलो र एकमात्र उद्योगको रुपमा स्थापित गरी अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीता कायम गर्दै नेपालमा पहिलो आईएसओ ९००१ आईएसओ १४००१ का प्रमाणपत्रहरु प्राप्त गर्नुका साथै विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप आफ्ना उत्पादनलाई अन्र्तराष्ट्रिय स्तरको बनाई डब्लुएचओ जीएमपीको अवधारणा अनुसार “कुशल उत्पादन अभ्यास” लाई लागु गर्ने पहिलो नेपाली कम्पनी भएकोमा समेत हामी देउराली–जनता परिबार गौरवान्वित भएका उल्लेख छ ।

यस कम्पनीले आफ्नो अत्याधुनिक प्रबिधिको प्रयोग गर्दैे अत्यावश्यक जीवन रक्षक औषधिहरु लगायत दिर्घ रोग लगायतका अन्य रोगहरुको उपचारमा आवश्यक पर्ने क्याप्सुल, ट्याब्लेट, झोल, ओइन्टमेन्ट, पाउडर धुलो लगायतका ३ सय ३० प्रकारका औषधिहरु अनुसन्धान गर्ने, उत्पादन गर्ने र तीे उत्पादनहरुको गुणस्तरीयता निर्धारण गर्ने अत्याधुनिक प्रबिधि र उपकरण सहितको सुबिधा सम्पन्न भवन निर्माण गरेर अन्र्तराष्ट्रिय स्तरको गुणस्तरीयता कायम गरि उत्पादन गरेका औषधिहरु नेपाली जनतालाई उपलब्ध गराईरहेकोे छ ।

कम्पनीले उत्पादन गरेको उक्त औषधि फाबिर २०० ट्याबलेटलाई आपतकालिन प्रयोगको लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था बिभागमा बजार बिक्री बितरणको लागि अनुमति समेत माग गरिएको छ ।

जीवन रक्षक औषधिहरुलाई अत्याधुनिक प्रविधिको प्रयोग गर्दैे विश्वका बिभिन्न मुलुकहरुबाट उच्च शिक्षा हासिल गरेका दक्ष वैज्ञानिक, प्राविधिक लगायत सबैतहका करिब ५ सय जना कर्मचारीहरु खटिएका छन् ।

कार्यकारी निर्देशक हरिभक्त शर्माले तीन दशकको अविरल यात्रामासहयोग गरेका बिभिन्न सरकारी र स्थानिय निकायका पदाधिकारीहरु, चिकित्सक हरु, औषधि व्यावसायिहरु, पत्रकारहरु, कम्पनीका व्यावसायिक साझेदारहरु, स्वास्थ्यसंग सम्बन्धित बिभिन्न निकायका पदाधिकारीह, प्राविधिक लगायत सबै तहका कर्मचारीहरुलाई धन्यवादसहित आभार व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्