६४ हजार ४ सय २२ लाई कोरोना खोप



काठमाडौं, (नेस)

कोरोना खोपअन्तर्गत शनिवार चौथो दिन दिउँसो ३ बजेसम्म १ सय ४३ खोप बुथबाट ७७ जिल्लामा कुल ६४ हजार ४ सय २२ जनाले पहिलो चरणको खोप लगाएको र शनिबार मात्र १४ हजार ८ सय ९४ जनाले कोरोनाविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदश नं १ मा १ हजार ५ सय ४७ जना, प्रदेश नं २ मा २ हजार १ सय १० जना, बागमती प्रदेशमा ५ हजार ४ सय २ जना, गण्डकी प्रदेशमा १ हजार ८ सय ८७ जना, लुम्बिनी प्रदेशमा २ हजार ६३ जना, कर्णाली प्रदेशमा ९ सय ५५ जना र सुदूरपश्चिममा ९ सय ३० जनाले खोप लगाएका छन् ।

देशव्यापीरुपमा कोरोना खोप लगाएका व्यक्तिको विशेषज्ञ चिकित्सकहरुद्वारा अनुगमन तथा निरीक्षण भइरहेकाले सञ्चार माध्यमले खोपका विषयमा समाचार सम्प्रेषण गर्दा आधिकारिक जानकारी लिएर मात्र गर्न पनि स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।

साथै पहिलो चरणमा तोकिएका व्यक्तिहरुले ढुक्क भए खोप सेवा लिन स्वास्थ्य तथा जनसंख्या मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विज्ञप्तिमार्फत सबैलाई अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्