कृत्रिम गर्भाधारणबाट डमरुको जन्म, सिंहको मृत्यु



सिंगापुर सिटी, (एजेन्सी)

सिंगापुर चिडियाखानाले पहिलोपटक कृत्रिम गर्भाधारण प्रक्रियाबाट जन्मेको सिंहको डमरुको आगमनमा उत्सव मनाइरहेको छ । तर, दुःखको कुरा ती बिचरो ‘सिम्बा’ नामक सो डमरले आफ्नो बाउ मुस्तफालाई कहिल्यै भेट्न नपाउने भएको छ । कृत्रिम गर्भाधारणका लागि वीर्य निकालिने क्रममा मुस्तफाको ज्यान गएको थियो ।

सिम्बा मुस्तफाबाट जन्मेको एक मात्र डमरु हो । किनभने आजसम्म बुढो सिंह मुस्तफाको प्रजनन कार्य कहिल्यै सफल हुन सकेको थिएन । तसर्थ, चिडियाघरले विरलै मात्र गरिने कृत्रिम प्रजनन कार्यबाट ‘सिम्बा’लाई जन्माउने निर्णय गरेको हो । चिडियाखानाका प्रवक्ताका अनुसार ‘विद्युतीय स्खलन’ विधिबाट कृत्रिम प्रजननका लागि मुस्तफाको वीर्य निकालिएको थियो ।

२० वर्ष उमेरका ६ देखि १० वर्षका केही दाजुभाइहरू जीवित अवस्थामा छन् । निकै नाजुक स्वास्थ्य स्थितिमा पुगेपछि मुस्तफालाई चिकित्सकहरूले नै सजिलै मृत्युवरण गर्न सघाएका थिए । उनको मृत्युपछि पनि उनको रगतको निरन्तरताका लागि एनेस्थिया दिएर बेहोस बनाइएको हालतमा पनि उनको वीर्य संकलन गरिएको हो ।

जन्मेको तीन महिना पुगिसकेको सिम्बालाई हाल मात्र सार्वजनिक गरिएको हो । सिंगापुर चिडियाघरको वन्यजन्तु स्वास्थ्य स्याहार तथा अनुसन्धान केन्द्रले सिम्बाको स्वास्थ्य राम्रो रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्