टोक्यो, (एजेन्सी)
जापानमा प्रहरीले आफ्नी आमाको शव घरको फ्रिजरमा लुकाएर राखेको अभियोगमा एक महिलालाई गिरफ्तार गरेको छ । ४८ वर्षीया युमी योसिनोले आफ्नी आमासँग बस्ने गरेको तथा राजधानी टोक्यो छाडेर अन्त कतै जान नचाहेकाले आफूले विगत १० वर्षदेखि आमाको लास फ्रिजरमा लुकाई राखेको तथ्य प्रहरीसमक्ष स्वीकारेकी छन् । प्रहरीका अनुसार शवमा कुनै चोटपटकका चिह्नहरू छैनन् ।
भाडा दिन नसकेर बाध्य भएर योसिनोले सो अपार्टमेन्ट छाड्नुपर्ने आवस्था आएपछि एकजना कामदारले सरसफाई गर्ने क्रममा फ्रिजरमा लास भेट्टाएका थिए ।
शुक्रबार टोक्यो नजिकको चिवा शहरस्थित एउटा होटेलमा योसिनालाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि पनि विश्वका विभिन्न भागमा आफन्तको मृत्युलाई गोप्य राखेर घरमा लास लुकाउने गरेका खबरहरू सार्वजनिक हुन गरेको थियो ।