सर्वोच्चले संविधानको मर्मअनुसार फैसला गर्ने प्रचण्डको बिश्वास



न्युज अफ नेपाल , काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सर्वोच्च अदालतले संविधानको मर्मअनुसार नै फैसला गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ । नेकपाको प्रचण्डमाधव पक्षले शनिबार अपरान्ह धनगढीमा आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले सर्वोच्चमा मुद्दा नपरेको भए सदन बोलाएर ओलीलाई कारबाही गरिने अवस्था हुने भनाई राख्नु भयो ।

संसदका दुई तिहाइ सदस्यले ओलीको कदम असंवैधानिक भनेकाले कारबाही गर्न सक्ने उहाँको विश्वास थियो। तर मुद्दा अदालतमा भएकाले त्यसो गर्न नसकिएको अध्यक्ष दहालले तर्क गर्नु भएको छ । अर्को एक प्रसंग निकाल्दै वहाँले ओली नेतृत्वको सरकार विघटन भएको र प्रतिनिधि सभा भने विघटन नभएको तर्क गर्नु भयो ।

अध्यक्ष प्रचण्डले बर्तमान सरकारको वैधानिकता नदेखिएको तर प्रतिनिधि सभा भने बिघटन नभएको प्रष्ट पार्नु भएको छ । ओली आफैले आफैलाई खलनायकका रूपमा स्थापित गर्नुभएको बताउँदै उहाँले संविधान कुल्चिँदा मान्नुपर्ने बाध्यता नभएको ठोकुवा गर्नु भयो । प्रधानमन्त्री ओली गैह्रसंवैधानिक भएको बताउँदै वहाँले संसद विघटन गरेर गल्ती गरेको दावी गर्नु भयो ।

संविधानले प्रधानमन्त्री ओलीलाई संबिधानले त्यस्तो कुनै अधिकार दिएको छैन भन्दै उहाँले भन्नुभयो , संविधानअनुसार प्रधानमन्त्रीले ५ वर्षसम्म विघटन गर्न नपाउने व्यवस्था संविधानमा छ , संविधानले परिकल्पना नगरेको र संविधानअनुसार विघटन पनि भएको छैन , त्यसकारण पनि हामी ज्युँदै छौँ , हामी संविधानअनुसार चल्ने हो ।

बर्तमान प्रधानमन्त्रीले संविधान मात्र नभई लोकतन्त्र र गणतन्त्र पनि कुल्चिएको अध्यक्ष प्रचण्डको आरोप रहेको छ । अध्यक्ष प्रचण्डले ओलीजस्ता सामन्तका एजेन्टलाई ३ महिनाभित्र परास्त गरी विकासको युगतिर जानुपर्नेमा जोड दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्