बढ्दो कोरोना संक्रमणका कारण फ्रान्सको सीमा क्षेत्रमा कडाइ



एजेन्सी । बढ्दो कोरोना भाइरस संक्रमणका कारण फ्रान्सले सीमा क्षेत्रमा हुने आवतजावतमा कडाइ गरेको छ । युरोपियन युनियन (इयु ) बाहेक अन्य देशका यात्रुलाई समेत अत्यावश्यक बाहेकको भ्रमणमा फ्रान्सले प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको बढ्दो संक्रमणमप्रति सचेत हुन आवाश्यक रहेको बताउँदै फ्रान्स सरकारले इयुभित्रका यात्रुले पनि यात्राका क्रममा विभिन्न मापदण्ड पुरा गर्नुपर्ने निर्णय गरेको छ । इयु अन्तर्गतका बिभिन्न देशबाट फ्रान्समा प्रवेश गर्ने सबै यात्रुले पिसिआर रिर्पोट अनिवार्य देखाउनु पर्ने निर्णय पनि गरिएको छ ।

यसअघि हवाइ र समुन्द्रबाट यात्रा गर्नेलाई मात्रै पिसिआर रिर्पोट अनिबार्य गरिएकोमा अब सडक यात्रुमा पनि उक्त नियम लागु भएको छ । छिमेकी मुलुकबाट दैनिक कामका लागी यात्रा गर्नुपर्ने मानिसका लागि भने फ्रान्समा पिसिआर रिर्पोट अनिवार्य नगरिएको जनाइएको छ ।

फ्रान्समा संक्रमण दर उच्च भएतापनि तत्काल लकडाउन गर्ने पक्षमा सरकार नरहेको प्रधानमन्त्री जिन कासटेक्सको भनाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । फ्रान्समा शुक्रबार मात्रै कोरोना भाइरस संक्रमणका कारण ८ सय २० जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्