न्यायपालिकाले आफ्नो भूमिका मर्यादापूर्वक निर्वाह गर्ने प्रधानन्यायाधीशको प्रतिबद्धता



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले सर्वोच्च अदालतले आफ्नो जिम्मेवारी मर्यादापूर्वक पालना गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालत बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीसँग शुक्रबार भएको भेटमा यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सवोच्च अदालत बारका एसोसिसनका अध्यक्ष पूर्णमान शाक्यले देशको भाग्य र भविष्यको निर्णय गर्ने जिम्मा सर्वोच्च अदालतमा भएको बताएपछि प्रधानन्यायाधीश राणाले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको स्वतन्त्रतामा विभिन्न ढंगले हस्तक्षेप भएको उल्लेख गर्दै स्वतन्त्रता रक्षाका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसियसनसंग अग्रणी भूमिका निर्वाह गर्ने अपेक्षा गरेका बताए ।

मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्ने निर्णय सदर गरेपछि सो बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्जनौँ रिट निवेदन परका छन् । हाल निरन्तर संबैधानिक इजलासमा संसद विघटनविरुद्धका रिट निवेदन उपर सुनुवाई भइरहेको छ । उक्त रिट निवेदनहरुको सुनुवाईकै समयमा प्रधानन्यायाधीशको प्रतिबद्धतालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्