धनगढीमा प्रचण्ड-नेपाल पक्षको प्रदर्शन सुरु (फोटो फिचर)



न्युज अफ नेपाल, काठमाडौं । 

संसद विघटनबिरुद्ध नेपाल कम्युनिष्ट पार्टी नेकपा(प्रचण्ड माधव पक्ष)को जनप्रदर्शन धनगढीमा सुरु भएको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालले सो कार्यक्रमलाई सम्बोधन गर्ने छन् ।

शनिबार आफूनिकट सुदूरपश्चिम प्रदेश समितिद्वारा आयोजित विरोध सभालाई सम्बोधन गर्न धनगढी पुगेका अध्यक्षद्वय दाहाल–नेपालको स्वागतमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसहित अन्य मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए । साथै दाहाल–नेपालको स्वागतमा पूर्वमन्त्री विना मगर, सुदूरका नेता भीम रावललगायतका नेताहरुसमेत पुगेका थिए ।

तस्वीर : एकिन्द्र कुँवरको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्