व्यास अल्ट्रा म्याराथनको उपाधी आर्मीका महतरालाई



मिला दरै, तनहुँ ।

तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै देवराज महतारा चौथो व्यास अल्ट्रा म्याराथनको विजेता हुनुभएको छ ।

मानुङकोटबाट पुलिमराङसम्मको ४४ किलोमीटर दुरी पार गर्दै उहाँले जित्नुभएको हो। विजेता महतराले ८५ हजार ७७ रुपैयाँ, ट्रफी र प्रमाणपत्र पाउनुभएको छ । उहाँले गत वर्षको विजेतालाई दौडमा पछि पार्दै विजेता हुन सफल हुनुभएको हो ।

गत वर्ष दुई मिनेट ५९ सेकेन्डमा दौड पार गरी सुमन कुलुङ राई यस पटक केही पछि पर्नुभएको छ । प्रतियोगितामा दूरी तीन घण्टा आठ मिनेट एक मिनेटमा पार गरी राई प्रतियोगितामा दोस्रो हुनुभएको छ। उहाँले ६५ हजार ७७ रुपैयाँ, ट्र्फी र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । राइ गत वर्षको प्रतियोगिताका विजेता हुनुहुन्छ ।

प्रतियोगितामा तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा दूरी पार गरेका विनय सुनार तृतीय हुनुभएको छ । उहाँले ५५ हजार ७७ रुपैयाँ प्राप्त गर्नुभएको छ ।

त्यस्तै प्रतियोगितामा सान्त्वना हुने ५ जनालाई १६ हजार ७७ रुपैयाँ प्राप्त गर्नुभएको छ । एक सय ७९ धावक दर्ता भए पनि एक सय ५३ धावक प्रतियोगितामा सहभागी भएको नगरपालिकाले जनाएको छ ।

व्यास नगरपालिकाको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । सहिदको स्मृति र पर्यटनलाई जोडेर एकसाथ प्रवर्द्धनमा टेवा पुर्याउने न्यौपानेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्