उत्तरगया गाउँपालिकाको तिरूमा स्वास्थ्य ईकाई भवन स्थापना



सरस्वती न्यौपाने, रसुवा । रसुवा जिल्ला को उत्तरगया गाउँपालिका वडा नम्बर एक तिरूमा बन्न लागेको एकीकृत बस्तीमा स्वास्थ्य ईकाई भवन स्थापना गरि विधिवत रूपमा उद्वघाटन गरिएको छ ।

स्वास्थ्य,शिक्षा, र कम मानिस हरूको ध्यान जाने तिरूमा सामुदायिक स्वास्थ्य ईकाई भवन स्थापना भएपछि अन्त जानू नपर्ने उदेश्यले स्थापना भएको भवन माघ १४ गते उतरगया गाउँ पालिका अध्यक्ष उपेन्द्र लम्साल,उपाध्यक्ष चमेलि गुरूङ,वडा अध्यक्ष वम बहादुर तामाङले सयुक्त रूपमा उद्वघाटन गर्नु भएको हो।

तीन कोठाको एक तल्ले पक्कि भवन बागमति प्रदेश सरकारले गाउँपालिका सङग समन्वय गरि ५० लाखको लागतमा बनेको हो । उक्त स्वास्थ्य ईकाइमा एक जना अहेव खटिने छन । तिरूमा एक सय २५ घर परिवार एकीकृत बस्ती  निर्माण भईरहेको छ।

यसका लागि निजि आवास निर्माणको प्रक्रिया अगाडि वढिरहेको वताईएको छ।भवन उद्वघाटन सङगै करिव दुई सय जनाको स्वास्थ्य जाँच गरिएको थियो ।साथै कृषि उपजका बीउ हरू समेत वितरण भएको उपाध्यक्ष चमेलि गुरूङले वताउनु भयो ।।

प्रतिक्रिया दिनुहोस्