प्रचण्ड–नेपाल समूहको विराटनगरमा आज विरोध प्रदर्शन



 न्युज अफ नेपाल ,विराटनगर । नेकपाको प्रचण्ड-नेपाल समूहले आज विराटनगरमा विरोध प्रदर्शन गर्दै छ । प्रतिनिधि सभा विघटनविरुद्ध बिहिबार बुटवलमा विशाल प्रदर्शन गरेको प्रचण्ड-नेपाल पक्षले आज विराटनगरमा विरोध प्रदर्शन गर्न लागेको हो ।

विराटनगरको सभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सम्बोधन गर्ने छन् । आज विराटनगरपछि भोलि प्रचण्ड -नेपाल समूहले धनगढीमा विरोधसभाको आयोजना गरेको छ । यता काठमाडौंको माइतीघरमा पनि धर्ना जारी छ ।

बुधबारदेखि धर्ना सुरु गरेको प्रचण्ड(नेपाल समूहले माघ २१ गतेसम्मै निरन्तरता दिनेछ । उपत्यका बाहिरका मुख्य शहर विराटनगर, बुटवल र धनगढीमा विशाल प्रदर्शन गरेपछि काठमाडौँमा माघ २८ गते अहिलेसम्मकै धेरै नेता कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गर्ने प्रचण्ड-नेपाल समूहको कार्यक्रम छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनविरुद्ध निरन्तर सडक संघर्ष गरिरहेको प्रचण्ड र नेपाल समूहले प्रतिनिधि सभा पुनःस्थापनाको माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्