अरनिको माबिको नव निर्मित भवन र नर्सिङ्ग कक्ष उद्घाटन



भक्तपुर । सूर्यविनायक नगरपालिका–४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयको नव निर्मित भवन,चमेना गृह र नर्सिङ्ग कक्षको उद्घाटन गरिएको छ ।सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा र पूर्व सांसद लेखनाथ न्यौपानेले उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले अरनिको मा.बि सामुदायिक विद्यालयहरु मध्ये शिक्षामा उत्कृष्ट रहेको बताउनुभयो । उहाँले अरनिको मा.बिको कार्यालय व्यवस्थापनका लागि नगरपालिकाले चार लाख रुपैंया बजेट छुटाएको जानकारी दिनुभयो ।कार्यक्रममा पूर्व सांसद लेखनाथ न्यौपानेले २००५ सालमा स्थापना भई सानो घरको कक्षा कोठाबाट सुरु भएको अरनिको मा.बिले ७१ बर्ष पार गरी यस अवस्थामा सम्म आएकोमा गर्ब र खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जगत बहादुर खड्का, पूर्व प्रधानाध्यापक एवं व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रेम बहादुर खड्का,,अमरज्योति साकोसका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दमोदर न्यौपाने,व्यवस्थापन समितिका सदस्य कृष्ण वजा लगायतले अरनिको मा.बिले ७१ बर्ष पार गरी ७२ बर्ष सम्म लाखौंलाख विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गरी एउटा उज्वल भबिष्य दिन मद्दत गरेको बताउनुभयो ।

कार्यक्रममा अरनिको मा.बिका प्राधानाध्यपक लेखनाथ रिमालले अरनिको मा.बिको नव निर्मित भवन नेपाल सरकार शिक्षा बिकास तथा समन्वय ईकाइ भक्तपुरबाट रु.३६ लाख र नगरपालिकाले रु.५ लाखको सहयोगमां चार कोठे भवन निर्माण भएको र सो भवनमा नर्सरी,केजि र प्रि–प्राइमरी कक्षा संचालन गरिएको जानकारी दिनुभयो । उहाँले चमेना गृह सूर्यविनायक नगरपलिकाले ९लाख ७हजार ७७६ र स्कुलले रु१७हजार ३४२ गरी रु.९लाख २५हजारमा निर्माण सम्पन्न भएको बताउनुभयो ।

प्रदेश अन्तर्गत एक विद्यालय एक नर्स कार्यक्रममा पछिल्ला ५ वर्षको नतिजा र संख्याको आधारमा यस अरनिको मा.बि पहिलो स्थानमा पर्न सफल भएको हँुदा विद्यालयमा नर्सिङ्ग कक्ष संचालनमा ल्याइएको जानकारी दिनुभयो ।विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं सूर्यविनायक नगरपालिका वडा नं.४का वडा अध्यक्ष उत्तम थापाले आफूले अरनिको मा.बिको अध्यक्षको जिम्मेबारी लिएदेखि अरनिको मा.बिको भौतिक बिकास तथा बिद्यालयमा भएका कमिकमजोरी सुधार्ने योजना अगाडि बढाइरहेको बताउनुभयो । विद्यालयका सह–प्रधानाध्यापक जनकप्रसाद न्यौपानेले संचालन गर्नुभएको कार्यक्रममा बिद्यार्थीले नृत्य र कबिता बाचन जस्ता प्रस्तुति प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्