जुंगे भट्टराई अस्वस्थ



ड्रेसम्यान तथा कला निर्देशक उद्धवराज भट्टराई ‘जुंगे भट्टराई’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। नामले भन्दा पनि वर्षौंदेखि लामो जुंगा भएका कारण जुंगे भट्टराईका रूपमा परिचित उनी अचानक अस्पताल भर्ना भएपछि राजधानीको वीर अस्पतालको सघन उपचार कक्षमा भर्ना भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी गराए।

४ दशक लामो समयदेखि ड्रेसम्यान र कला निर्देशकका रूपमा नेपाली फिल्म क्षेत्रमा यागदान गर्दै आएका भट्टराई कोरोनाको जोखिमका कारण लगाइएको लकडाउनले प्रभावित भई केही समयदेखि गाउँमा रहँदै आएका थिए भने स्वास्थ्यमा समस्या भएपछि राजधानी आई अस्पताल भर्ना भएका हुन्। दमको समस्या देखिएका भट्टराईमा मुटु, फोक्सो र मृगौलामा पनि समस्या दखिएको छ।

भट्टराई स्वास्थ्यमा समस्या आई अस्पताल भर्ना भएपछि फिल्म निर्देशक एभरेस्ट सूर्य बोहराले उनको स्वास्थ्यलाभको कामना गर्दै अमेरिकाबाट २५ हजार रुपिया“ सहयोग गरेका छन्। ‘असल कामको शुरुआत आफैंबाट हुनुपर्छ। थोपा–थोपा मिलेर घडा भरिन्छ।

चार दशकदेखि नेपाली चलचित्रमा ड्रेसम्यान र आर्ट डिपार्टमेन्टमा काम गरेका पोख्त र अनुभवी प्राविधिक उद्धवराज भट्टराई अस्पताल भर्ना भएको समाचारले चिन्ता लागेको छ। कोरोना कालमा काठमाडौंमा बस्न नसकेर घर पुगेका जुंगे बिरामी हालतमा आएका हुन्। उनलाई सहयोगको सख्त जरुरत छ’, बोहराले फेसबुकबाट आह्वान गरेका छन्– ‘चलचित्रका साथीहरु अगाडि आउनुहोस्।’

प्रतिक्रिया दिनुहोस्