आइकनफेसको दोस्रो भर्सन सार्वजनिक



काठमाडौं, (नेस)

अस्ट्रेलियामा बस्दै आएका नेपाली युवाहरुले निर्माण गरेको ‘आइकनफेस’ नामक एपको दोस्रो भर्सन सार्वजनिक भएको छ । विशेषतः कोरोना महामारीका कारण घरमै बसिरहेका मानिसलाई लक्षित गर्दै उनीहरुले यो एपको शुरुआत गरेका हुन् ।
उनीहरुले स्थापना गरेको असनेप आइटी सोलुसनले एपको विकास गरेको हो ।

सोलुसनका सीईओ विवेक क्षेत्रीका अनुसार परिमार्जित भर्सनमा आएको यो एपमार्फत मानिसहरुले आफ्नो गोप्य कुराहरु सार्वजनिक गर्न सक्नेछन् । यसमा पोस्ट गर्ने मानिसहरुले आफ्नो नाम, पोस्ट र च्याटलाई गोप्य राख्न सक्ने सुविधा छ । ‘घरमा बसिरहँदा भइरहने तनावलाई हटाउनका लागि हामीले यो एपको विकास गरेका हौं’, विवेकले भन्नुभयो– ‘यस्तो समय
मा मानिसहरु डिप्रेसनमा परेका हुन्छन् । उनीहरुले यो एपमार्फत आफ्नो नाम लुकाएर सल्लाह सुझाव माग्न सक्छन् ।’

विवेकले इन्स्टाग्राममा जस्तै गरी यो एपमा प्रयोगकर्तालाई फलो गर्न सकिने बताउनुभयो । ‘एपमा पब्लिक पोस्ट, सेक्रेट पोस्ट, विज्ञापन गर्न सक्नेलगायतका सुविधाहरु दिइएको छ’, उहाँले भन्नुभयो– ‘यसबाहेक तपाईंले कुरा गर्न चाहेका र मन मिल्ने शीर्ष साथीहरुको समूह बनाएर पनि कुराकानी गर्न सक्नुहुनेछ । यसमा मान्छेको नाम, उमेरलाई लुकाउने सुविधा पनि छ ।’

प्रतिक्रिया दिनुहोस्