धुलिखेलको कल्क्षेमा एक घर एक धारा, चालु वर्षमा ६ हजार ३४० घरधुरीमा जडान हुँदै



मोतीराम तिमल्सिना, काभ्रे ।

चालु आर्थिक वर्ष भित्र धुलिखेल नगरपालिकाका सबै वडाहरुमा एक घर एक घारा पु¥याउने अभियान अन्र्तगत धुलिखेल नगरपालिका वडा नम्वर ११ कल्क्षेका १ सय १ घुर धुरीमा एक घर एक धाराको शुभारम्भ गरिएको छ । ‘नगरपालिका भित्र रहेका ७ हजार २ सय घर धुरी मध्ये चालु वर्ष भित्र ६ हजार ३ सय ४० घर धुरीमा धारा पुर्‍याउने लक्ष्य लिएका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘धुलिखेलका हरेक वडा, हरेक घरमा गुणस्तरीय खानेपानी सहितको धारा जडान हुनेछ ।’

कल्क्षे खानेपानी आयोजना अन्र्तगत १ सय १ धर धुरी समेटिएका छन् । १७ लाख रुपैया लागतमा सम्पन्न आयोजनाका लागि ४ लाख ५० हजार उपभोक्ता मार्फत खर्च भएको छ भने बाँकी रकम नगरपालिकाले खर्च गरेको छ । सोहि वडाको धिताल टोल र वडा नम्वर १ को देविटार छाँगेमा नेपालकै नमुना गुणस्तरीय खानेपानी सहितको एक घर एक धारा जडान गरी शुभारम्भ गरिएको थियो । वडा अध्यक्ष विष्णु धितालले १ करोड रुपैया लगानीमा ३ सय ५० घर धुरीमा एक घर एक धारा जडान गर्न लागिएको बताउनु भयो । ४५ लाख रुपैया लगानी गरी बाँकी रहेका ३ सय ६० घर धुरीमा एक घर एक खानेपानीको कार्य सम्पन्न हुन लागेको अध्यक्ष विष्णु धितालले बताउनु भयो ।

चालु आर्थिक वर्ष भित्र सोहि वडाको ७ सय १० घर धुरीलाई खानेपानी उपलब्ध हुनेछ । ८ सय घर धुरी रहेको वडा नम्वर ११ पातलेखेतमा बाँकी ९० घर धुरीका लागि तत्कालै एक घर एक धारा उपलब्ध गराई वडालाई खानेपानीमा सम्पन्न, आत्मनिर्भर र एक घर एक धारा भएको वडा घोषणा गर्ने तयारी रहेको वडा अध्यक्ष विष्णु धितालले बताउनु भयो ।

धुलिखेल नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भए देखि हालसम्म १ हजार ८ सय घरमा एक घर एक धारा पुर्‍याईसकेको छ । ‘सहस्राब्दी विकास लक्ष्यको योजना अनुसार केहि वडाका केहि टोलहरुमा यस अघि नै एक घर एक धारा उपलब्ध गराईसकेका छौं’–नगर प्रमुख अशोक ब्याञ्जुले भन्नुभयो–‘वडा नम्वर १ मा ४ सय घर धुरी, वडा नम्वर ९ मा ४ सय घर धुरी, वडा नम्वर १० मा २ सय ८० घर धुरी, वडा नम्वर ८ मा ७० घर धुरी र वडा नम्वर १२ मा ४ सय ९५ घर धुरी गरी १ हजार २ सय ५० घर धुरीमा चालु वर्ष भित्रै धारा पुर्‍याउने गरी कार्य सम्पन्न हुँदैछ ।’ काभ्रे भ्याली एकिकृत खानेपानी उपलब्ध भए लगत्तै ३ हजार २ सय घर धुरीमा एक घर एक धारा पुग्नेछ । अहिले पनि बजारका केहि घरहरुमा एक घर एक धारा उपलब्ध भएको छ । कुल ६ हजार ३ सय घर धुरी सोहि खानेपानी संचालन भए पछि खानेपानीमा सम्पन्न हुनेछन । बाँकी ९ सय घर धुरीलाई आगामी आर्थिक वर्ष भित्र धारा पुर्‍याउने लक्ष्य लिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

कार्यक्रममा उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष विष्णु धिताल, जनप्रतिनिधिहरु, पुर्व जनप्रतिनिधिहरु, स्थानीयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्