प्रचण्ड अब जंगल पनि जान सक्दैनन् : प्रधानमन्त्री ओली



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड जंगल पनि जान नसक्ने टिप्पणी गर्नु भएको छ । नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलामा सम्बोधन गर्दै उहाँले प्रचण्ड जंगलमा त न हिजो बस्नुभएको थियो न अब बस्नु हुन्छ भन्ने तर्क गर्नु भयो ।

प्रधानमन्त्री ओलीले प्रचण्ड चितवन, रोल्पा, सिराहा, कीर्तिपुर जानुभएको र अब जाने ठाउँ कतै पनि नभएको बताउनु भयो । कार्यकर्ता र लडाकूहरु जंगल पठाएर दिल्ली र लखनउमा प्रचण्ड बस्ने बसेको ओलीको भनाइ थियो । २०७४ को चुनाव ठूलठूला सभा र भाषण गरेर प्रचण्डलाई चुनाव जिताइदिएको र २०७० मा बत्ती निभाएर बाकस साटेर जिताएको पनि प्रधानमन्त्री ओलीले खुलासा गर्नु भएको छ ।

एक अर्को प्रसंगमा वहाँले आफूलाई कसैले कमजोर सोचेमा त्यो भ्रम हुने बताउनु भयो । एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको प्रधानमन्त्री ओलीको दावी रहको छ । सरकारलाई काम गर्नै नदिएकाले प्रतिनिधिसभा विघटन गरिदिएको उहाँले प्रष्ट पार्नु भएको छ ।

अघिल्लो पटक प्रधानमन्त्रीबाट हटाउनेहरुले नै यसपटक पनि सरकारलाई काम गर्न नदिएको उहाँको भनाई रहेको थियो । प्रधानमन्त्री ओलीले तीन महिनामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पनि नागरिक समाज बन्ने टिप्पणी गर्नु भएको छ ।बालुवाटार मार्चमा सहभागी भएका नेकपा नेता रघुजी पन्तको प्रसंग ल्याउँदै उहाँले बाँकी नेताहरू पनि सोही बाटो जाने बताउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्