उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्षहरुलाई नयाँ जिम्मेवारी



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षहरूले नयाँ जिम्मेवारी पाएका छन् । महासंघको वर्तमान कार्यकारिणी समितिले निवर्तमान अध्यक्ष भवानी राणलाई सदस्यता समिति र नेपाल–भारत संयुक्त बिजनेस फोरमको जिम्मेवारी दिएको छ ।

त्यसैगरि सल्लाहकार समितिमा महेशलाल प्रधान , बिधान संसोधन समितिमा कुशकुमार जोशी , व्यावसायिक आचारसंहिता फोरममा पद्य ज्योति , अन्तर्राष्ट्रिय सम्बन्ध फोरममा सुरज बैद्य र अनुशासन समितिमा विभक्त श्रेष्ठलाई जिम्मेवारी दिईएको महासंघले जनाएको छ ।

यसैगरि नेपाल –चाइना गैह्रसरकारी सहयोग फोरममा बिनोद बहादुर श्रेष्ठ र एशिया प्यासिफिक उद्योग तथा बाणिज्य समितिको नयाँ जिम्मेवारी प्रदिपकुमार श्रेष्ठलाई दिइएको छ ।

उद्योग बाणिज्य महासंघलाई अहिलेको अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान दिएको मूल्याङ्न गर्दै महासंघका पूर्व अध्यक्षहरुलाई नयाँ जिम्मेवारी दिइएको नेपाल उद्योग बाणिज्य महासंघले जनाएको छ

प्रतिक्रिया दिनुहोस्