प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित गराउन माग



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई तीन दिनभित्र अदालतमा उपस्थित गराउन कानुन ब्यावसायीहरुले माग गरेका छन्। बिहीबार दिउँसो सर्वोच्च अदालतमा बहस जारी रहेका बेला अधिवक्ता ओमप्रकाश अर्यालले प्रधानमन्त्री ओलीले फौजदारी अवहेलना गरेको भन्दै अदालतमा उपस्थित गराउन माग गर्नु भयो ।

अधिवक्ता अर्यालले प्रधानमन्त्री ओलीलाई अदालतमा उपस्थित गराएर लिखित जवाफ पेश गराउन माग गर्नु भएको हो । उजुरीमा बहस गर्दै अधिबक्ता अर्याल लगायत कानून व्यावसायीहरूले ओली स्वयंलाई अदालतलमा बोलाउन माग गरेका थिए ।

बिहीबार बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू लोकेन्द्र ओली , ओमप्रकाश अर्याल, कञ्चनकृष्ण न्यौपाने लगायतले बिहीबार ओलीबिरुद्ध पेश गरिएको अवहेलना मुद्दामा बहस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्