गाँजाको विषयमा विवाद हुँदा थापाको हत्या



न्युज अफ नेपाल, काठमाडौँ ।

राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी प्रवीण थापाको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके नेपालगंज उप –महानगरपालिका वडा नम्बर ६, फुल्टेक्रा बस्ने १८ वर्षीय विवेक परियार रहेको प्रहरीले जनाएको छ । परियारलाई भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीमा लुकेर बसेको अवस्थामा पक्राउ गरीएको हो ।

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक २७ वर्षीय प्रवीण थापा मगरको टाउको र अनुहारमा चोट लागेको अवस्थामा माघ २ गते शव फेला परेको थियो । सोधपुछका क्रममा परियारले गाँजाको विषयमा विवाद हुँदा हत्या गरेको स्वीकारेका छन् ।

पक्राउ परेका परियालाई आवश्यक कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाउने तयारी भइरहेको प्रहरीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्