किर्ते प्रहरी रिर्पोट बनाउने युवक पक्राउ



न्युज अफ नेपाल, काठमाडौंं ।

प्रहरी कार्यालयको किर्ते कागजपत्र बनाई बिमा रकम दावी गर्ने एक युवक काठमाडौंबाट पक्राउ परेका छन् । नक्कली कागजपत्र बनाएको आरोपमा महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरी–३ बस्ने ४० वर्षीय सुशील सुवेदीलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सुवेदीले गत कात्तिक २८ गते बा २ ख ६२८६ नम्बरको बस दुर्घटना भई क्षति भएको भन्दै बीमा रकम दाबी गर्न कीर्ते प्रहरी रिपोर्ट बनाएका थिए । सुवेदीले महानगरीय प्रहरी प्रभाग बलम्बुको पत्र चलानी नम्बर १३४१ राखेर गत मंसिर ११ गते सई बद्री नेपालीको नक्कली हस्ताक्षर गरी अजोड इन्स्योरेन्स कम्पनीमा पेश गरेका थिए ।

इन्स्योरेन्स कार्यालयमा पेश गरिएका कागजपत्र नक्कली भएको प्रमाणित गरिएको थियो । सुवेदीबिरुद्ध प्रहरीले थप अनुसन्धान गरि कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्