निर्वाचन आयोगद्वारा नेकपाका दुई समूहलाई पत्राचार



न्युज अफ नेपाल, काठमाडौं ।

बैशाखमा हुने भनिएको निर्वाचनसम्बन्धि छलफलका लागि आयोगले नेपाल कम्युनिस्ट पार्टीका ओली र प्रचण्ड-नेपाल समूहलाई बोलाएको छ ।

आयोगले दुई समूहलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि बोलाएको हो । आयोगका अनुसार अध्यक्षसहित आधिकारिक ५ र ५ जनालाई बोलाइएको छ । निर्वाचन नजिकिएसँगै दल दर्ता गर्न सूचना प्रकाशन गर्न लागेकाले उक्त विषयमा छलफल गर्न लागेको बताइएको छ ।

प्रतिनिधि सभा विघटन भएसँगै दुई समूहमा बाडिएको नेकपा हाल नाम र चिन्हको लागि लडिरकेको छ । आयोगले भने पार्टी फूटको दर्ता नभएससम्म नेकपा दुई खण्डमा बाडिन नसक्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्