म्यानचेस्टर सिटीद्वारा गोलको वर्षा



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले गोलको वर्षा गरेको छ । मंगलबार राति भएको लिगको १९औं साताको खेलमा सिटीले रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमलाई उसैको घरेलु मैदानमा ५–० गोलअन्तरले पराजित गरेको हो । अवे मैदानमा सिटीलाई जिताउन चारजना खेलाडीले गोलमा आफ्नो नाम लेखाए ।

खेलको छैटौं मिनेटमा गुन्डोगानको गोलबाट सिटीले अग्रता लिएको थियो । त्यसपछि २०औं मिनेटमा जोआओ कान्सेलोले गोल गरेपछि सिटीले अग्रता दोब्बर पारे ।

त्यस्तै, खेलको ३०औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको गोलसंख्या तीन पु-याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा रियाद महारेजले गोल गर्दै पहिलो हाफसम्म सिटीलाई ४–० अगाडि पारे । त्यसपछि खेलको ५७औं मिनेटमा रहिम स्टर्लिङले सिटीको पा“चौं गोल सम्भव पारे । यो जितपछि सिटीले १९ खेलबाट ४१ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्