सामुदायिक साकोसको २७ औ स्थापना दिवस



मोतीराम तिमल्सिना, काभ्रे ।

सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनौतीले स्थापनाको २७ औ बार्षिकोत्सव मनाएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थालाई विभिन्न ढंगबाट सहयोग पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

स्थापना दिवसको अवसर पारी संस्थाले १ हजारका दरले २२ जना संस्थापक शेयर सदस्यहरुलाई १ हजारको शेयर उपलब्ध गराईएको थियो । त्यस्तै कोभिड १९ को प्रभावको समयमा गुर्जाे वितरण गर्ने मुक्ति विष्ट, सहकारी एकीकरणमा महत्वपूर्ण भूमिका खेल्ने सञ्जिव ढकाल र गणेश तिमल्सिनालाई विशिष्ठ सदस्य सम्मान गरिएको थियो ।

त्यस्तै पुर्व संचालक सम्मानबाट १० जना संचालकहरु सम्मानित भएका थिए । सिता थापा, राजु सापकोटा, बीरबहादुर थापा, सुर्यप्रसाद लाकोजु, शान्ता न्यौपाने, गीता तिमल्सिना दाहाल, मिरा चापागाई पौडेल, हिरादेवी श्रेष्ठ, देवलक्ष्मी स्याउला र उर्मिला रञ्जितकारलाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट शेयर खरिदकर्ता प्रेमकुमारी तिमल्सिनालाई सम्मान गरिएको थियो ।

उत्कृष्ट ऋणी राजु तिमल्सिना, संस्थाले संचालन गरेका विभिन्न बचत कार्यक्रमका बचतकर्ताहरुलाई सम्मान गरिएको थियो ।
नियमित बचत हरिसुन्दर श्रेष्ठ, कारोवार बचत सुदन श्रेष्ठ, विशेष बचत विपिन सैजु, दैनिक बचत नारायण थापा, खुत्रुके बचत सलोनी तिमल्सिना (सञ्जु केसी), बाल बचत आयूश्मा श्रेष्ठ (न्हुच्छेमाया श्रेष्ठ), आवधिक बचत विश्वनाथ बञ्जारा, सक्रान्ति बचत अनिता प्रजापतिलाई सम्मान गरिएको थियो ।

त्यस्तै शेयर सदस्यका छोराछोरीहरु गोमा घिमीरेको छोरा आशिष तिमल्सिना र रमा कुँवरको छोरा प्रकाश तिमल्सिनालाई सम्मान गरिएको थियो । त्यस्तै उत्कृष्ट कर्मचारी अनिता बादे श्रेष्ठ सम्मानित हुनुभयो । उत्कृष्ट सेवा केन्द्र कुशादेवीलाई सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै कँडेलले सहकारीहरुलाई सदस्यमैत्री बनाई बचत र ऋणसँगै थप ब्यवसाय गर्न सक्ने गरी योजना बनाउन सुझाव दिनु भयो ।

अन्तराष्ट्रिय स्तरको ब्राण्ड प्राप्त सामुदायिक साकोसको कार्यक्रममा अध्यक्ष प्रकाश बञ्जाराले संस्थाले पौष मसान्तसम्म गरेका गतिविधि सहित स्थापना दिवसको अवसरमा संस्थाले पु-याएको योगदानको चर्चा गरेका थिए । २५ करोड ६३ लाख ६२ हजार २ सय ५० रुपैया शेयर पुँजी रहेको सहकारीले २ अर्ब ४० करोड २५ लाख २२ हजार रुपैयाको कारोवार गरेको प्रमुख प्रवन्धक मदन बस्नेतले बताउनु भयो ।

स्थापना दिवसको अवसरमा नेफ्सकुनका अध्यक्ष परितोष पौडेल, राष्ट्रिय सहकारी महासंघका संचालक सदस्य डिबी बस्नेत, बागमती प्रदेश नेफ्सकुनका अध्यक्ष उद्धव सापकोटा, पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, पनौती नगरपालिकाका सहकारी रजिस्ट्रार ईन्द्रप्रसाद अधिकारी लगायतले सहकारी अभियान र समाज रुपान्तरणमा सामुदायिक साकोसले खेलेको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रममा सचिव मुकुन्द शर्माले सहकारीले हासिल गरेका सफलताहरुका बारेमा सहभागिहरुलाई जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्