नेपाल पत्रकार महासंघ रसुवाको पाँचौ साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न



रसुवा । धुन्चे रसुवा नेपाल पत्रका महासंघ रसुवाको पाँचौ साधारण सभा तथा सम्मान कार्यक्रम मंगलबार धुन्चेमा सम्पन्न नभएको छ ।कार्यक्रम को अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य सहित सञ्चार र रजिष्टार कार्यालय का सञ्चार केन्द्रिय प्रतिनिधिको उपस्थितमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभा मा महासंघले नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ नेपाली सेनाको कालिजंग गण र माथिल्लो त्रिशुली एझ जलविद्युत आयोजना लाई सम्मान गरेको थियो ।कार्यक्रमको अवसरमा पे्रस संगठन रसुवाका अध्यक्ष बलराम घिमिरे, प्रेस युनियन का अध्यक्ष शुसिल कोइराला, आदिवासि जनजाति पत्रकार महासंघ रसुवाका अध्यक्ष दिपक लामाले ठुला मिडिया हाउसले पत्रकार लाई लामो समय पारिश्रमिक नदिने कम पारिश्रमिक दिने लगाएतका समस्या ले पत्रकारिताबाट पलायन हुने सुनाएको छ यसमा केन्द्रले आवाज उठाउन पर्ने बताएका छन् ।

महासंघ अध्यक्ष हेमनाथ खतिवडा को अध्यक्षतामा सम्पन्न भएको हो विशेष अतिथि प्रमुख जिल्ला अधिकारी हरि पन्त लगाएत विशिष्ट व्यक्तिहरु र महासंघमा आवद्ध भएका सम्पुर्ण पदाधिकारी को उपस्थिति रहेको थियो ।महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता क्षेत्रमा आएका समस्या समाधानका लागी सदैव लागी रहने बताउनका लागी सदैव लागी रहने बताउनु भयो ।सञ्चार माध्यमलार्इी टिकाउन क्षमता अभिवृद्धिका विभिन्न ल्याइएको र आगामि दिनमा समेत विस्तार गर्दै लाने बताउनुभयो कार्यक्रम को अवसरमा आपतकालिन अवसर मा रिपोर्टिङमा जान पर्ने अवस्था को सामाग्री समेत हस्तानान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्