कोभिड-१९ विरुद्धको खोप अभियान रसुवामा पनि शुरु



सरस्वती न्यौपाने, रसुवा । रसुवा जिल्ला मा कोभिड-१९ विरूद्वको खोप अभियान बुधवार शुभारम्भ भएको छ।

पहिलो चरणमा रसुवा जिल्लाभरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी तथा सहयोगि कर्मचारी,महिला सामुदायिक स्वास्थ्य स्वयसेविका,सरसफाइ कर्मि,एम्बुलेन्स तथा शववाहन चालक समेत गरि पाँच सय जनालाई लगाईने भएको छ।

शुभारम्भमा जिल्ला अस्पतालता डाक्टर अनिल खरेललाई लगाईएको थियो ।पाँच दिनमा रसुवा अस्पताल धुन्चे मा खोप केन्द्र राखेर पहिलो डोज खोप प्रदान गरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्