बझाङ हत्या प्रकरण ,नेबिसंघद्धारा सदरमुखकाम चैनपुर बन्द



न्युज अफ नेपाल, काठमाडाैं  । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ ।

जिल्लाको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ३ का लखन अमृत सिंहको हिजो साझँ करिव ७ बजे तिर माध्यामिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा पछाडिबाट खुडा हानेर  हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

अमृत सिंहको खुँडा प्रहार गरी हत्या घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बझाङ सदरमुकाम चैनपुरमा बुधबार घटनाको विरोधमा नेबिसंघले टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।

तस्वीर :ललित सिंह ठकुरी

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्