नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु (फोटोफिचर)



न्युज अफ नेपाल, काठमाडाैं  । नेपालमा कोरोना संक्रमणविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । पहिलो चरण अन्तर्गत आज स्वास्थकर्मी, सुरक्षाकर्मी र सरसफाईको काममा संलग्नहरुलाई दिइने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशबाट अभियानको थालनी गरिएको छ । आजबाट देशैभरि थालिएको यस अभियान अन्तर्गत राजधानीका विभिन्न ११ वटा अस्पतालमा खोप सुरु भएको छ । जसमा टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र,पाटन अस्पताल,थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल,महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल,भक्तपुर अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल र बाँसबारीस्थित शहिद गंगालाल अस्पतालमा यो सेवा सुरु गरिएको छ ।

उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै स्वास्थ मन्त्री हृदयेश त्रिपाठीले आज १२ हजार स्वास्थकर्मीलाई यो खोप दिइने जानकारी दिनुभयो । पहिलो चरणको यो अभियान १० दिनसम्म सञ्चालन हुने छ ।

तस्वीरः उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्