पीएम कपको विजेताले १० लाख पाउने



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौंमा जारी पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले पुरस्कार रकम तय गरेको छ ।
मंगलबार क्यानको बोर्ड बैठकले गरेको निर्णय अनुसार प्रतियोगितामा पहिलो हुने टिमले १० लाख नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुने टिमको लागि ५ लाख नगद छुट्टयाएको छ ।

यसैगरी सेमिफाइनलमा पराजित हुने दुई टिमले समान ५० हजार नगद हासिल गर्नेछन् । यसैगरी प्रतियोगिताका उत्कृष्ट हुने खेलाडीले ५० हजार प्राप्त गर्नेछन् भने उत्कृष्ट बलर र उत्कृष्ट ब्याटसम्यानले समान २५ हजार हासिल गर्नेछन् । यस्तै सेमिफाइनलदेखि उत्कृष्ट खेलाडी बन्नेलाई रु ५ हजार दिइनेछ ।

बोर्डको निर्णयअनुसार आगामी फेबु्रवरी ९ देखि १२ तारिखसम्म हुने कतार स्पोर्टस् डे को अवसरमा कतार क्रिकेट संघले गरेको द्विपक्षीय टी २० प्रतियोगिताको निमन्त्रणा क्यानले स्वीकार गरेको छ । क्यानले उक्त प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमलाई सहभागिता गराउने निर्णय लिएको छ । त्यस्तै राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आगामी फेबु्रवरी १ देखि काठमाडौमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्