सानिमा बैंकको शाखा कुपण्डोलमा



काठमाडौं, (नेस)

सानिमा बैंकले ललितपुरको कुपण्डोलमा शाखा स्थापना गरी बैंकिङ सेवा शुरू गरेको छ । उक्तशाखाको उद्घाटन् बैंकका ब्रान्ड प्रवद्र्धक मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले गर्नुभएको थियो । सानिमा बैंकको सातै प्रदेशमा ८६ वटा शाखा, १५ विस्तारित काउन्टरर ८५ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

शाखा उद्घाटन कार्यक्रममा मह जोडीले कुपण्डोलमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई दि“दै सबल अनिविश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गर्नुभयोे ।

त्यस्तै सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्