कुवेतको लुलु एक्सचेन्जबाट ‘मेगा रेमिट’ सेवा



काठमाडौं, (नेस)

मेगा बैंक नेपालले कुवेतमा ‘मेगा रेमिट’ सेवा विस्तार गरेको छ । मेगा बैंक र कुवेतको लुलु एक्सचेन्ज कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको हो । लुलु एक्चेन्जसँगको साझेदारीपछि कुवेतमा रहेका नेपालीलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ ।

लुलु एक्सचेन्जका २२ वटा शाखाबाट नेपालीले नेपालमा मेगा रेमिटमा रकम पठाउन सक्नेछन् । यसका साथै लुलु एक्सचेन्जको मोबाइल एपमार्फत पनि नेपालीले रकम पठाउन सक्ने मेगा बैंकले जनाएको छ । नेपालीले कुवेतबाट पठाएको रकम मेगा बैंकका शाखा र मेगा बैंकका देशभर छरिएका ३२ सयभन्दा बढी एजेन्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।

‘मेगा रेमिट’ सेवालाई संसारका विभिन्न देशमा जोड्ने क्रममा मेगा बैंकले कुवेतमा पनि सेवा विस्तार गरेको हो । मेगा बैंकले यसअघि नै कुवेतकै अल मुल्ला एक्सचेन्जबाट पनि रकम पठाउने व्यवस्था मिलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्