कोरोनाविरुद्धको खोप बैतडीमा



बैतडी, (नेस)

बैतडीमा कोरोना भाइरसविरुद्धको खोप आइपुगेको छ । संघीय सरकारले पठाएको २ हजार २ सय २० डोज खोप प्रदेश सरकारको समन्वयमा जिल्लामा आइपुगेको हो ।

जिल्लामा आइपुगेको खोपलाई खोप भण्डार कक्ष (कोल्ड चेन रुम) मा सुरक्षित राखिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

कोभिडसिल्ड नामक सो खोपलाई २ देखि ८ डिग्री सेन्टिग्रेड तापक्रममा राख्नुपर्ने र स्वास्थ्य कार्यालयको खोप भण्डारण कक्षमा त्यो सुविधा भएकाले खोप सुरक्षितरूपमा भण्डारण गरिएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी तीर्थराज भट्टले जानकारी दिनुभयो । कोरोना भाइरसविरुद्धको खोप सुरक्षित भएकाले निर्धक्कसँग खोप लगाउनसमेत उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्