उपराष्ट्रपतिका भाइलाई दुई वर्ष कैद



तेहरान, (एजेन्सी)

इरानमा वरिष्ठ उपराष्ट्रपतिका भाइलाई भ्रष्टाचारको अभियोगमा दुई वर्ष लामो कारावास सजाय सुनाइएको मंगलबार इरानी न्यायालयको वेबसाइटमा उल्लेख गरिएको छ । न्यायालयका प्रवक्ता गोलामहोस्सेन एस्माइलीका अनुसार उपराष्ट्रपति इसाक जहागिरीका भाइ माहदी जहागिरीलाई सुनाइएको निर्णय अन्तिम भएकाले त्यसविरुद्ध कुनै अपिल नहुने स्पष्ट पारेका छन् ।

बोर्ड अफ तेहरान च्याम्बर कमर्सका पनि सदस्य रहेका माहदी निजी गार्देसगारी बैंकका संस्थापक हुन् । उनीविरुद्ध लगाइएको थुप्रै अभियोगमध्ये एक ६ लाख ७ हजार १ सय युरो र १ लाख ८ हजार अमेरिकी डलर बराबरको व्यावसायिक नोट तस्करी पनि हुन् । माहदी जहागिरीलाई अदालतले सो सम्पूर्ण रकम फिर्ता दिन तथा त्यसको चार गुणा बराबरको रकम सजायस्वरूप बुझाउन आदेश दिएको छ ।

सन् २०१७ को अक्टोबरमा पक्राउ परेका उनी सन् २०१८ को मार्चमा जमानतमा रिहा भएका थिए । त्यसपछि, उनको मुद्दा मुल्तवीमा राखिएको थियो । सन् २०१९ को अक्टोबरमा इरानका राष्ट्रपति हस्सन रुहानीका भाइ होस्सेन फेरेइदोउनलाई पनि सन्् २०१६ मा गरेको आर्थिक अनियमितताको अभियोगमा पा“च वर्ष लामो कारावास सजाय तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्