मनाङको तिल्चे वनमा आगलागी



न्युज अफ नेपाल, काठमाडौं ।

मनाङको नासो गाउँपालिका वडा न ६ र ७ अन्तर्गत पर्ने तिल्चे गाउँको वनमा फेरि आगलागी भएको छ । दुई महिनाअघि लागेको आगो नियन्त्रणमा नआउँदै पुनः आगलागी भएको हो । हिमाली जिल्ला मनाङमा हिउँ पर्ने समयमा समेत वनमा अस्वभाविक रुपमा डढेलो लाग्दै आएको छ ।

डढेलो लाग्नुको कारण एकिन हुन सकेको छैन । आगलागी बारे थप विवरण आउन बाँकी छ ।

तस्वीर : थुतेन लामा

प्रतिक्रिया दिनुहोस्