बालिकाको दावी : ‘म शेरधनको पहिलो श्रीमती’ (भिडियोसहित)



काठमाडौँ ।

प्रदेश एकका मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पाबीच विवाह सम्पन्न भएसँगै बालिका खड्काले आक्रोश व्यक्त गरेकी छन् । खड्काले एक सञ्चारमाध्यमसंगको अन्तर्वातामा आफू राईको पहिलो श्रीमती भएको दावी समेत गरेकी छन् ।

राईले आफूमाथि हिंसा गरेको बताउँदै खड्काले यसविरुद्ध अब कडा निर्णय लिने बताएकी छन् । यस्तै, पार्टी भित्रकै एक चेलीमाथि हिंसा भइरहदा प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्म राईको विवाहमा पुग्नु अपाच्य र लज्जास्पद रहेको उनको भनाई छ । सरकारको उच्च अहोदामा रहेका व्यक्ति समेत राईको विवाहमा उपस्थित हुनु असोभनिय भएको बालिकाले बताएकी छन् । यस्तै, राई दम्पतीको उमेरअन्तरले समेत समाजमा विवाहप्रति नकारात्मक सन्देश गएको उनले बताइन् ।

बालिकाले शेरधन राई आफ्नो श्रीमान भएको भन्दै केही समय अघि अदालमा अंश मुद्दा दायर गरेकी थिइन् । तर, त्यसको केही समयमा अरूको उक्साहटमा मुद्दा दायर गरेको बताउँदै बालिकाले मुद्दा फिर्ता लिएकी थिइन् ।

यस घटनापश्चात केही समय चुपचाप बसेकी बालिकाले राईले विवाह गर्न लागेको सूचना पाएलगत्तै मानव अधिकार आयोगमा निवेदन दिएकी छन् । ४९ वर्षिय राईले २३ वर्षिया मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन् । उनीहरुले परम्परागत विधीबाट काठमाडौँँको एक पार्टि प्यालेसमा यही माघ ११ गते विवाह गरेका हुन् । विवाहमा परिवार सदस्य, आफन्तजन, प्रधानमन्त्री, राष्ट्रपतिलगाएत पर्यटनमन्त्रीको उपस्थिती रहेको थियोे ।

भिडियो : जनालय टेलिभिजनबाट

 

प्रतिक्रिया दिनुहोस्