थप ३०३ जनामा कोरोना संक्रमण, २८५ डिस्चार्ज, ६ को मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

आज देशभर थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा थप २८५ जना डिस्चार्ज भएका छन् । योसँगै, कोरोना मुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ पुगेको छ । कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या ३ हजार २५२ रहेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०१७ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको प्रतिशत ०.७४ रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म २० लाख ५२ हजार ६८७ जनाको पिसिआर परिक्षण गरिएको छ । हालसम्म क्वारेन्टाइनमा १२२ जना रहेका छन् भने ३ हजार २५२ जना आइसोलेसनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्