संसद् विघटनविरुद्ध प्रचण्ड–माधव समूहको सिटी जुलुस



न्युज अफ नेपाल, काठमाडौं । संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहले आज सिटी जुलुस प्रदर्शन गर्ने भएको छ।

नेकपाले राजधानीमा दिउसो ३ बजे सिटी जुलुस प्रदर्शन गर्न लागेको जनाएको छ। लैनचोरबाट सुरु हुने सिटी जुलुस असन, इन्द्रचोकहुँदै वसन्तपुरसम्म पुग्ने भएको छ। सिटी जुलुसमा सहभागी हुने नेकपाले आह्वान गरेको छ।

नेकपाले सोमबार तेस्रो चरणको आन्दोलन घोषणा गरेको थियो। जसअनुसार, आज सिटी जुलुस निकाल्न लागिएको हो।

प्रतिक्रिया दिनुहोस्