वैदेशिक रोजगारमा मलेशियामा पुगेका युवकको बिना कारण मृत्यु



कृष्णउदास खनाल, वीरगन्ज ।

गते मलेसियाबाट शव ल्याएका मध्य एकजना पर्सामा र अर्का एकजना रौतहटको युवक भएको पुष्टी भएको, छ । पर्साको वीरगन्ज महानगरपालिका–२० हरपतगंजका ३२ वर्षीय ओजिर खान पठानको शव १० गते शव ल्याएर सोमबार दाहसंस्कार गरिएको परिवारका सदस्यहरुले बताएका छन् ।

पाँच वर्षअघि ऋण निकालेर मलेसिया गएका उनी प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए । ९ पुसमा काम गरेर कोठामा फर्केका उनी एकाएक बेहोस भको र बेहोस भएपछि अस्पताल लगिएकोमा अस्पतालमा नै केहीबेरमा नै उनको निधन भएको आफूहरुलाई जानकारी गराइएको पठानका पत्नी आयसा खातुनले बताउनुभयो । तर, जवान आफ्नो पतिको मृत्यु यत्ति सजिलै भएकोमा उहाँलाई बिश्वास कम लागेको छ । पठानको मृत्युको कारण बारे लगभग परिवारका सदस्यहरु अनबिज्ञ नै छन्। यसरी नै रौतहटको बृन्दावन नगरपालिका–४ का ३९ वर्षीय वीरेन्द्र राउत कुर्मीको पनि शव माघ १० गते नै घरमा ल्याइएको छ ।

रातमा कुराकानी गरेर सुतेको मान्छे बिहान निधन भएको भन्ने खबरले एकदमै अचम्म बनाएको उहाकी पत्नी सुखियादेवीले बताउनुभयो । कुर्मीको पनि सोमबार नै दाहसंस्कार गरिएको छ । वीरेन्द्र पनि दुई वर्षअघि मलेसिया गएका थिए । उनी सेलर मिलमा काम गर्ने गर्दथे घरमा पनि पैसा पठाउँदै आएका थिए । उनलाई कुनै बिसन्चो पनि नभएको एकाएक मृत्युभएको खबरले पत्याउन मुस्किल भएको उनका ६८ वर्षीय बाबु महेश कुर्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्