इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही हप्ताभित्र बाँडफाँट हुने



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बाजरको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो ।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको बताएको छ । क्यापिटलका अनुसार आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको छ । सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलको तयारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्