‘गुर्जाे’ चिया अभियानमा राजश्व प्रमुख



मोतीराम तिमल्सिना, काभ्रे ।

आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवट गुर्जाे अभियानमा सक्रिय हुनु भएको छ । हरेक कार्यक्रममा राजलवट गुर्जाेको चिया बोक्दै सहभागिहरुलाई वितरण गर्नु हुन्छ । आन्तरिक राजश्व कार्यालयले आयोजना गरेका कार्यक्रमहरुमा राजलवटले कार्यालयमै चिया पकाएर थर्मसमा बोकी सहभागिहरुलाई खुवाउँदै आउनु भएको छ ।

मंगलबार पनौती नगरपालिकामा आन्तरिक राजश्व कार्यालयले आयोजना गरेको करदाता शिक्षा तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । सोहि कार्यक्रममा समेत आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कमलबहादुर राजलवटले सहभागिहरुलाई गुर्जाेको चिया खुवाउनु भएको छ । यस अघि पतञ्जली योग समिति काभ्रेले आयोजना गरेको कार्यक्रममा समेत गुर्जाे चिया खुवाउनु भएको थियो ।

गुर्जाेले नागरिकहरुको स्वास्थ्यमा पार्ने प्रभावका साथै त्यसको प्रयोगका बारेमा राजलवटले कार्यक्रममा करका विषयसँग जोडेर जानकारी गराउँदै आउनु भएको छ । उहाँको अभियानलाई जिल्लाका विभिन्न संघ संस्था तथा सामाजिक अभियान्ताहरुले साथ दिएका छन् । आन्तरिक राजश्व कार्यालय काभ्रेको प्रमुख कमलबहादुर राजलवटको अभियान जिल्लामा मात्रै नभई देशका विभिन्न भागमा सक्रिय छ ।

प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, कर्मचारीहरु, योग गुरु तथा स्वामीहरु, अस्पतालमा उपचारार्थ विरामीहरु, कोरोनाको समयमा संक्रमित ब्यक्तिहरु, आईसोलेसन तथा क्वारेन्टाईनमा रहेका विरामीहरुलाई राजलवटले गुर्जाेको चिया सेवन गराउनु भएको छ । गुर्जाे सहितको धुलो औषधी तथा गुर्जाेको चिया प्याकेट राजलवटले निशुल्क वितरण गरिरहनु भएको छ ।

शरिरमा हुने हरेक खालका रोगहरुसँग लड्न सक्ने शक्ति प्रदान गर्ने गुर्जाेको महत्व, प्रयोग गर्ने तरिका र त्यसका फाईदाका बारेमा राजलवटले कार्यालयमा आउने सेवाग्रहिलाई समेत बुझाउँदै आउनु भएको छ । जहाँ राजलवटल त्यहाँ गुर्जाेको चिया सेवन गर्न पाईनेछ । आन्तरिक राजश्व कार्यालयले प्रदान गर्ने सेवालाई अझै प्रभावकारी बनाउँदै राजलवटले नागरिकहरुको जीवन स्वस्थ बनाउन पहल गरिरहनु भएको छ ।

करका विषयमा रहेका दुविधाहरूलाई चिर्दै करदातालाई छिटो छरितो तरिकाले सेवा प्रवाह गर्ने प्रणालीलाई अझै सुदृढ गर्दै लैजाने र आवश्यक परे कर सम्वन्धी तालिमहरू प्रदान गर्ने प्रतिवद्धता आन्तरिक राजश्व कार्यालय काभ्रेका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्