कृषिमा वैदेशिक लगानीप्रति डेरी एसोसिएसनद्वारा आपत्ति



हेटौंडा, (नेस)

सरकारले कृषि क्षेत्रमा वैदेशिक लगानीको बाटो खुला गरेपछि स्वदेशी लगानीलाई नराम्रो प्रभाव पार्ने भन्दै निजी क्षेत्रले विरोध जनाएको छ । डेरी उद्योग, पशुपक्षीपालन, माहुरीपालन, माछापालन, फलफूल, तरकारी र कृषिका प्राथमिक उत्पादनस“ग सम्बन्धित व्यवसायमा प्रत्यक्ष वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णयपछि उक्त उद्योग व्यवसायसँग आबद्ध किसान तथा उद्योगीले त्यसको विरोध जनाएका हुन् ।

नेपाल डेरी एसोसिएसनले हेटौंडामा पत्रकार सम्मेलन गरी सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने गरी अध्यादेश ल्याएकोप्रति आपत्ति जनाएको छ । डेरी एसोसिएन केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटाले सरकाले नेपालमा कृषिमा वैदेशिक लगानी भिœयाउन ल्याएको अध्यादेश गलत निर्णय रहेको बताउनुभयो ।

सात प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको र केन्द्रमा सरकारलाई दबाब दिइएको भन्दै उहाँले १७ वटा विषयगत संघसंस्था मिलेर संघर्ष समिति गठन गरिएको र १४ गते काठमाडौंमा प्लेकार्ड बोकी विरोधसहित चरणवद्ध आन्दोलनको घोषणा गरिएको उहा“ले बताउनुभयो ।

अध्यक्ष सापकोटाले ३० अर्ब रुपिया“ बराबरको दुग्ध क्षेत्रको लगानी र १ खर्बभन्दा बढी कृषिका अन्य क्षेत्रको लगानी धरासयी हुने भन्दै निजी क्षेत्रको अर्बौं लगानी भएको अवस्थामा प्रमुख सरोकारवालास“गको सल्लाहबिना राष्ट्र र किसानको हितविपरीत अपारदर्शीरुपमा गरिएको निर्णयले राष्ट्रको अर्थतन्त्रमा गम्भीर दीर्घकालीन असर पार्ने दाबी गर्नुभयो । हाल नेपालमा माहुरीपालनमा ४ अर्ब, माछापालनमा करिब ११ अर्ब, डेरी उद्योगमा ३० अर्ब दाना तथा कुखुरापालनमा ४० अर्ब गरी ८५ अर्ब लगानी भएर करिब १५ लाखभन्दा बढी कृषक तथा श्रमिकमा रोजगारी सिर्जना भइरहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघ सदस्य सुमित केडियाले ठूलादेखि थोरै लगानी गरी परिवार पाल्दै आएका किसानलाई वैदेशिक लगानीले समस्यामा पार्ने बताउनुभयो ।विगतमा पनि पटक–पटक कृषि क्षेत्रको प्राथमिक तहमा विभिन्न माध्यमबाट वैदेशिक लगानी भिœयाउने अभ्यास भएकोमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्सलगायत कृषिक्षेत्रमा आवद्ध उद्योग/व्यवसायीले विरोध जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्