महासंघको कर तथा राजस्व समिति विस्तार



काठमाडौं, (नेस)

नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजस्व समिति विस्तार भएको छ । सन्दिपकुमार अग्रवालको सभापतित्वमा गठन भएको समितिको सदस्यहरूमा सन्दिप अग्रवाल, गोविन्द ढुंगेल, कृष्णप्रसाद दुलाल र निरञ्जन श्रेष्ठ चुनिनु भएको छ ।

त्यसैगरी समितिका सदस्यहरूमा राजेन्द्र संग्रौला र दीपकप्रसाद दाहाल चुनिनु भएको छ भने समितिको आमन्त्रित सदस्यहरूमा महासंघको उद्योग समितिका सभापति भरतराज आचार्य, निर्यात प्रवद्र्धन समितिका सभापति मनिषलाल प्रधान, व्यापार समितिका सभापति विजयसिंह वैद्य, अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्दकुमार वगाडिया, बैंक वित्तीय तथा बीमा समितिका सभापति साहिल अग्रवाल, स्थल यातायात तथा पारवहन समितिका सभापति प्रकाशसिंह कार्की, कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, हरि भण्डारी, नेपाल समुद्रपार निकासी पैठारी संघका विनोद सेठिया, नरेन्द्र गुप्ता, नेपाल भारत उद्योग वाणिज्य संघका सदस्य अभिमन्यु पोद्दार, नेपाल लिभरका कार्यकारी अधिकृत, विकास अग्रवाल, गान्धी एण्ड एशोसिएटसका म्यानेजिङ एशोसिएट्स शिखर पण्डित र इम्पेरियल सेक्युरिटिज कम्पनी प्रालिका प्रकाश तिवारी चुनिनु भएको छ ।

त्यस्तै एसआर पाण्डे एन्ड कम्पनीका एफसीए सुदर्शनराज पाण्डे, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मनसुरी, भन्सार एजेन्ट महासंघका अध्यक्ष शान्ताराज शर्मा, सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने, जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह, मेची उद्योग वाणिज्य संघका कपिल क्षत्री र नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष राजेन्द्र शेरचना समितिका विशेष आमन्त्रित सदस्य हुनुहुन्छ भने समितिको सल्लाहकारमा महासंघको कार्यकारिणी समितिका सदस्य शैलेन्द्र गुरागाई, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका अध्यक्ष रमेश श्रेष्ठ, अडिटर्स एसोसिएसन अफ नेपालका अध्यक्ष, एसोसिएसन अफ चार्टड एकाउन्टस अफ नेपालका अध्यक्ष आनन्दराज शर्मा वाग्ले, महासंघका कानुनी सल्लाहकार दीपक घिमिरे, अधिबक्ता रमेशकुमार कर्ण, महासंघको कार्यकारिणी समितिका पूर्वसदस्य सुनीलगोपाल श्रेष्ठ हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्