भिडियोमा के खानु कसम



हेटौंडा, (नेस)

मकवानपुरे चर्चित मोडल सगुन स्याङ्तान अभिनित नयाँ म्युजिक भिडियो बजारमा आएको छ। विशाल काल्तानको शब्द, संगीत र लय रहेको के खानु कसम गीतमा उनले मोडलिङ गरेका हुन्। हेटौंडामा पत्रकार सम्मेलन गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक भएको केही समयमै स्रोता, दर्शकले भिडियो मन पराएका छन्।

उनले यसअघि थुप्रै गीतमा मोडलिङ गरिसकेका छन्। उनले फिल्म तथा म्युजिक भिडियो आफ्नो रुचिको विषय रहेको बताउँदै यस क्षेत्रमा निरन्तर अघि बढ्ने बताए। सुमित लामाको निर्देशनमा बनेको म्युजिक भिडियोमा सगुनलाई मोडल याङ्गी दोङ (तामाङ) ले साथ दिएकी छन्।

दुच्छे म्युजिक क्रियसनबाट सार्वजनिक भएको गीतको म्युजिक भिडियोमा लक्ष्मण घिमिरेको छायांकन रहेको छ। पत्रकार सम्मेलनमा निर्देशक सुमित लामाले भिडियो धेरै राम्रो बनेको दाबी गरे। भिडियो द मिरर युनिटले निर्माण गरेको हो।

प्रतिक्रिया दिनुहोस्