चकलेट चाख्ने जागिर खुल्यो



मोेन्ट्रियल, (एजेन्सी)

क्यानाडाको एउटा चकलेट उत्पादन कम्पनीले आफ्ना क्यान्डीहरूको स्वाद लिएर सल्लाह दिन सक्ने क्यान्डी विशेषज्ञहरूलाई आंशिक वा पूर्णकालीन जागिरका लागि दरखास्त गर्न आह्वान गरेको छ । ओन्तारियोको मिस्सीस्साउगास्थित ‘क्यान्डी फन हाउस’ले कम्पनीद्वारा उत्पादित भइरहेका करिब तीन हजार थरिका क्यान्डी र चकलेटको स्वादबारे पुनरावलोकन गर्ने क्षमता भएकाहरूलाई प्रतिघन्टा ४७ डलर तलब दिएर काममा राख्ने प्रस्ताव अघि सारेको हो ।

जागिरको विज्ञापनमा आवेदकहरूमा कन्फेक्सनरी उत्पादनप्रति आकर्षण र उत्सुकता हुनुपर्ने उल्लेख गरिएको छ । आगामी १५ फ्रेबुअरीदेखि अनलाइनमार्फत आवेदकहरूले ओवदन दिन सक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्