नेपालीको भविष्य कायापलट गर्न सक्ने गाँजा



नेपालमा उत्पादित गाँजा विश्वमै उत्कृष्ट मानिन्छ । नेपाली समाजमा गाँजाको सकारात्मक पक्ष बारेको सचेतना अत्यन्त न्यून छ । गाँजा हतियारजस्तै हो, यसको सदुपयोगले रक्षा गर्दछ भने दुरुपयोगले घाइते बनाउँछ । गाँजा प्रतिबन्धलाई खुला गर्दा नियमन भने सम्यकरूपले गर्नु अनिवार्य हुनेछ ।

नेपालमा कुनै बेला परम्परागतरूपमै गाँजाबाट बनाइएको आयुर्वेदिक औषधि प्रयोग हुन्थ्यो । ‘विजया’ भनिने गाँजाबाट निर्मित औषधि शीघ्र स्खलन, नवप्रसूतालाई पुनस्र्थापना, अनिद्रा, नाकबाट पानी बग्ने, झाडापखाला, अत्यधिक पीडा, मानसिक रोगजस्ता समस्यामा प्रयोग हुने गरेको सिंहदरबार वैद्यखानाको अभिलेखमा पाइन्छ ।

बिरामी लठ्याउन वा पीडा कम गर्न ‘एनेस्थेसिक’ वा ‘एनाल्जेसिक’ औषधि नभएको त्यो बेला गाँजाकै प्रयोग गरिन्थ्यो तर पछि गाँजा प्रतिबन्धित भएसँगै वैद्यखानाले पनि यस्ता औषधि उत्पादन गर्न छाड्यो । नेपाली समाजमा बहुगुणी गाँजा विभिन्न स्वरुपमा प्रयोग हुँदै आएको पाइन्छ । यौनजीवनको सुधारका लागि अब बिस्कुट, कुकिज, क्यान्डी, अचार, चिया, जुस आदिमा पनि गाँजा मिसाएर प्रयोगमा ल्याउन सकिन्छ ।

गाँजाको तेल बनाएर अन्य तेल, क्रिमसँग मिसाई शरीर मसाज गर्न पनि सकिन्छ । युवा पुस्ताले अधिक मात्रामा सेवन गर्ने बियर एवं रक्सीमा समेत गाँजाको प्रयोग गर्ने अन्तर्राष्ट्रिय अभ्यास छ । कुनै समय लागूऔषधका रूपमा लिइने गाँजा वैधानिक बन्दै जानुको कारण यसको फाइदा वैज्ञानिकरूपले पुष्टि हुनु हो ।

गाँजाले स्वास्थ्यमा पार्ने प्रभावबारे पछिल्लो समय विभिन्न अनुसन्धान भएका छन् । खासगरी ‘ग्लाउकोमा’ भनिने आँखारोग, मूच्र्छा पर्ने, अनिद्रा, अल्जाइमर्स, शारीरिक पीडा, अपचजस्ता रोग उपचारमा गाँजा सहयोगी हुने अनुसन्धानले देखाएको छ । शरीरमा क्यान्सर फैलाउने कोष मार्न र रक्सी तथा अन्य हानिकारक लागूऔषधको लत छुटाउन गाँजा उपयोगी हुने अनुसन्धानले पुष्टि गरेको छ ।

गाँजाका उपयोगिताबारे आयुर्वेद क्याम्पस कीर्तिपुरमा पढाइसमेत हुन्छ तर उनीहरूले आफूले पढेका कुरालाई व्यावहारिकरूपमा प्रयोगमा ल्याउन सकेका छैनन् । एकाग्र हुने केही अवस्थाप्रति स्वतः प्रतिक्रिया जनाउने र निर्णय लिने क्षमतामा प्रतिकूल असर गर्छ, छट्पटाउने, डराउने, रुने, कराउने आदि हुन्छ । केहीलाई यसको असर रहुन्जेल रमाइलो, आनन्द, स्वच्छन्द, आराम, चैन र पीडारहित अनुभव दिन्छ । गाँजाको लत र दुव्र्यसन गाँजाको लतलाई गाँजाको दुव्र्यसन भनिन्छ ।

शुरुमा यसले लत लाग्दैन भनी सोचिए पनि पछि यो नशालु र व्यसन हुने पदार्थको रूपमा सिद्ध भएको छ । मानिसले यसको सेवन रोक्दा वा घटाउँदा चिड्चिडाहट, रिस, छट्पटी, डर, त्रास, अनिद्रा, उदासी, बोर तथा टाउको र पेट दुख्ने, पसिना छुट्ने, ज्वरो आउने लक्षण पैदा हुन सक्छन् । विभिन्न अनुसन्धानहरूले गाँजाको लतले उदासीनता, चिन्ता, स्किजोफ्रेनियाको रोग लाग्न सक्ने पनि देखाएको छ ।

नेपालमा कति मानिसले गाँजा खान्छन् भन्ने कुनै अभिलेख छैन तर हरेक गाउँमा रैथाने गाँजाका अम्मलीहरू थुप्रै भेटिन्छन् । सरकारद्वारा गाँजा प्रतिबन्धित भएका कारण यसको ओसारपसार लुकिछिपी हुन्छ । बिक्रीमा घोषित प्रतिबन्ध छ तर शहरमा किनबेच रोकिएको छैन । यसको खेती गर्नु गैरकानुनी हुन्छ ।

त्यसकारण प्रहरीले बेला–बेला गाँजा नष्ट अभियान चलाउँछ ।गाँजा औषधिका रूपमा प्रयोग गर्न सकिन्छ भन्ने विभिन्न अनुसन्धानले पुष्टि गरेको छ । धेरै देशमा यसको प्रयोग वैधानिक भइसकेको छ । उरुग्वे पहिलो देश हो, जसले गाँजा सेवनलाई कानुनी मान्यता दियो । नेदरल्यान्ड्स, स्पेन, दक्षिण अफ्रिका, कोलम्बियाजस्ता देशले उरुग्वेलाई पछ्याएका छन् । अस्ट्रेलिया, अस्ट्रिया, जर्मनी, इजरायललगायतमा यसको औषधि प्रयोग गर्न छुट छ ।

हिजोआज भने गाँजाको दुव्र्यसनले धेरैको जीवन बर्बाद बनाएको सुन्न पाइन्छ । फलतः यसमा व्यापक औषधीय गुणहरू हुँदाहुँदै पनि यसलाई नशालु पदार्थ वा लागूपदार्थको रूपमा मात्र बुझिएको छ । यो बुझाइ नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासविरुद्ध पनि हो ।

– सुधीर कट्टेल, काठमाडौं ।

 

प्रतिक्रिया दिनुहोस्