आज थप ३३९ जनामा संक्रमण,१०जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३३९ जनामा कोरोना संक्रमण भएको हो ।

आज थपिएकासँगै नेपालमा संक्रमित हुनेको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या २ हजार ११ पुगेको छ । बागमती प्रदेशमा ४२ आइसियु र ११ भेन्टिलेटरमा, गण्डकीमा ६७ आइसियु र ६ भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा २४ आइसियु र २ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्