नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ: उससभामुख शर्मा



u08sL !@ df3 M sf:sL lhNnfsf] df5fk’R5|] ufpFkflnsfdf cfof]lht hgk|ltlglw dlxnf tyf ;~hfnsf kbflwsf/L aLrsf] 5nkmn tyf cGt/lqmof sfo{qmddf af]Nb} u08sL k|b]zsf pk–;efd’v l;h{gf zdf{ . t:jL/ xl/ af:tf]nf÷/f;;

गण्डकी । गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

महिलाको सहभागिता बिना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पूरा नहुने भन्दै उहाँले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गर्नुभयो । संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितता गरेकाले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व लिन तयार भएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभाका सदस्य डा पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सीप प्रस्तुत गर्नसके मात्र महिला सशक्तीकरणमा जोड पुग्ने विश्वास व्यक्त गर्नुभयो । समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जालबीचको समन्वय आवश्यक रहने बताउनुभयो ।

उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लक्षित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवं सञ्जालका पदाधिकारी सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यपालिका सदस्य हीरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गीता थापा तथा विभिन्न वडाका वडाध्यक्षले कार्यक्रमको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्बन्धित शाखाका कर्मचारीसहित ५० जनाको सहभागिता रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्