सेक्स डल मर्मत गरी क्रिसमस मनाइयो



मस्को, (एजेन्सी)

एउटा सेक्स डलसँग विधिवत् रूपमा विवाह बन्धनमा बाँधिएका कजाखस्तानका ‘युरी तोलोचको’ नामक बडिबिल्डरले गत क्रिसमस मनाउनु केही समयअघि डल भाँचिएको बताएका छन् । उनले कजाखस्तानमा ७ जनवरीमा मनाइने क्रिसमसमा ‘मार्गो’ नामक आफ्नी पुतली पत्नीलाई समयमै मर्मत गराएका थिए । ‘डेली स्टार’ नामक अखबारका अनुसार अर्कै शहरमा मर्मत गराइएका डलसँग पुनः भेट् हुँदा दुवै निकै प्रसन्न हुने उनको भनाइ रहेको छ ।

तर, उनले कसरी मार्गो भाँचियो भन्नेबारे केही खुलाएका छैनन् । युरीले गत वर्षको नोभेम्बरमा आफ्नी मंगेतर मार्गोस“ग विवाह गरेका थिए । कोरोना भाइरस महामारीका कारण तिनीहरूको विवाह पटक–पटक पर सरेको थियो ।

इन्स्टाग्राममा सार्वजनिक गरिएको तस्वीरमा विवाहका बेला मार्गोले सेतो गाउन र उनले कालो सुट लगाएको देखिन्छ । कजाखस्तानको प्रचलित कानुनअनुसार विवाह गर्नेहरू अठार वर्ष उमेर पुगेका महिला र पुरुष भए मात्र पुग्ने भएकोले तिनीहरूको विवाह सजिलै सम्पन्न भएको बताइएको छ । सन् २०१९ मा एउटा रात्रि क्लबमा भेट भएयता उनको सेक्स डलसित डेटिङ शुरू भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्